Auswahl der wissenschaftlichen Literatur zum Thema „नेपाली“

Geben Sie eine Quelle nach APA, MLA, Chicago, Harvard und anderen Zitierweisen an

Wählen Sie eine Art der Quelle aus:

Machen Sie sich mit den Listen der aktuellen Artikel, Bücher, Dissertationen, Berichten und anderer wissenschaftlichen Quellen zum Thema "नेपाली" bekannt.

Neben jedem Werk im Literaturverzeichnis ist die Option "Zur Bibliographie hinzufügen" verfügbar. Nutzen Sie sie, wird Ihre bibliographische Angabe des gewählten Werkes nach der nötigen Zitierweise (APA, MLA, Harvard, Chicago, Vancouver usw.) automatisch gestaltet.

Sie können auch den vollen Text der wissenschaftlichen Publikation im PDF-Format herunterladen und eine Online-Annotation der Arbeit lesen, wenn die relevanten Parameter in den Metadaten verfügbar sind.

Zeitschriftenartikel zum Thema "नेपाली"

1

Neupane, Bishnu. „नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण“. Journal of Development Review 8, Nr. 2 (11.10.2023): 20–29. http://dx.doi.org/10.3126/jdr.v8i2.59210.

Der volle Inhalt der Quelle
Annotation:
नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण शीर्षकको यस लेखमा नेपाली भाषाको विकासका क्रममा भएका कार्यहरूमध्ये व्याकरणलेखन, साहित्यलेखन, कोशनिर्माण, पठनपाठन, अनुसन्धान, पत्रपत्रिका प्रकाशन र भाषिक आन्दोलन तथा अभियानहरूजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । विक्रमको दसौँ शताब्दीदेखि आजसम्मको नेपाली भाषाको विकासको इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न कामहरू भएका छन् । यिनै कामहरू केकसरी अगाडि बढे भन्ने मूल समस्यामा यो लेख केन्द्रित छ । नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा, नेपालभित्र बोलिने विभिन्न भाषाहरूको सम्पर्क भाषा, नेपालको राष्ट्रभाषा, नेपाल राज्यभित्र सरकारी काजकाजको भाषा हो । यसको विकासमा भएका कार्यहरूको विवरणात्मक र विश्लेषणात्मक अध्ययन गर्नु यस लेखको उद्देश्य हो । पुस्तकालय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोत सामग्री सङ्कलन गरी यिनै सामग्रीको अध्ययन र पुनरावलोकनबाट गुणात्मक अनुसन्धान ढाँचामा विश्लेषित यस अनुसन्धान लेखमा नेपाली भाषाका विकास र विस्तारमा उल्लेख्य कार्य भई यो भाषा एउटा संवृद्ध भाषाका रूपमा रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

नेपाल Nepal, जगत Jagat. „नेपाली काँग्रेसका तीन सशस्त्र क्रान्तिमा मिडियाको प्रयोग {Use of media in three armed revolutions of Nepali Congress}“. Shikshya Sandesh 6, Nr. 1 (31.12.2023): 1–6. http://dx.doi.org/10.3126/ss.v6i1.63109.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली काँग्रेसलेगरेका तीनओटा सशस्त्र क्रान्ति र त्यस क्रममा मिडियालाई कसरी प्रयोग गरिएकोथियो भन्ने विषयमा केन्द्रित छ । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण भएर वि.सं.२००६ सालमा नेपाली काँग्रेसको स्थापना भए लगत्तै निरंकुश राणा शासनको अन्त्यका लागि २००७ सालमा पहिलो पटक हतियार उठाएको नेपाली काँग्रेसले प्रजातन्त्र स्थापनाका लागि २०१८ र २०२८ गरी तीन पटक सशस्त्र क्रान्ति गर्यो । पहिलो क्रान्तिबाट १०४ वर्षे राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गरे पनि उसले चलाएका दुई ओटा क्रान्ति भने सफल हुन सकेनन् । पञ्चायत विरुद्ध काँग्रेसले चलाएको क्रान्तिका क्रममा वि.सं.२०३१ सालमा ओखलढुङ्गामा कव्जा गरी समानान्तर सरकार चलाउने योजना विफल भएपछि संस्थापक नेता बीपी कोइरालाले क्रान्तिको बाटो त्यागेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराए । नेपालको जेठो दल नेपाली काँग्रेसले सशस्त्र क्रान्तिका समयमा मिडियाकोउपयोग कसरी गरेको थियो भन्ने विषयमा अनुसन्धान गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
3

न्यौपाने Neupane, नगेन्द्रप्रसाद Nagendraprasad. „मादल : एक अध्ययन {Madal: A Study}“. SIRJANĀ – A Journal on Arts and Art Education 4, Nr. 1 (01.12.2017): 60–66. http://dx.doi.org/10.3126/sirjana.v4i1.44517.

Der volle Inhalt der Quelle
Annotation:
नेपाली लोक बाजाको रूपमा परिचित मादल नेपाली लोक सङ्गीतको ढुकढुकी हो । प्राचीन शास्त्रीय बाजामृदङ्ग र पखवाजको अनुकरण गर्दै मादलको आविष्कार भएको हो भन्ने आकलन गर्न सकिन्छ । मादलको उत्पत्तिका विषयमा कुनै प्रमाण भेटिएको पाइँदैन । मादल लोक वाद्य भएता पनि सबै प्रकारका सङ्गीतमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ । हाल नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय सङ्गीत जगत्मा समेत यसको प्रयोग बढ्दो छ । अपितु नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढिरहेको अवस्थामा नेपाली मौलिक वाद्ययन्त्र मादलप्रति युवा वर्गको रुचिमा कमी हुँदै गएको पाइन्छ । नेपाली लोक गीतहरूमा पश्चिमा वाद्ययन्त्रहरू ड्रम,गितार आदिको प्रयोगले नेपाली संस्कृतिको लोक पक्ष नै समाप्त होला भन्ने डर भइसकेको छ ।त्यसैले आदिकालदेखि नै गौरवशाली परम्परा बोकेको मादलको संरक्षण, संवद्र्धन र विकासका लागि सम्पूर्ण सङ्घ, संस्था, सङ्गीत विद्यालय, कलेज तथा रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चार माध्यमद्वारा यस सम्बन्धी अभिरुचि बढाउने तालिम, गोष्ठी, कार्यक्रम , प्रतियोगिताहरू हुनुआवश्यक देखिन्छ । नेपालको सांस्कृतिक प्रतीकका रूपमा रहेको मादलको सरकारी तबरबाटै यस सम्बन्धी अध्ययन अध्यापनको लागि कार्यक्रम निर्माण गरी यसलाई विषयगत रूपमा लागु गर्नु अनिवार्य हुन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
4

Gautam, Badri Narayan. „२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस“. Historical Journal 15, Nr. 1 (20.03.2024): 76–87. http://dx.doi.org/10.3126/hj.v15i1.63980.

Der volle Inhalt der Quelle
Annotation:
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
5

महत, कमल बहादुर. „नेपाली सेनामा समावेशिता: एक विश्लेषण“. Unity Journal 2 (03.08.2021): 288–302. http://dx.doi.org/10.3126/unityj.v2i0.38838.

Der volle Inhalt der Quelle
Annotation:
आधुनिक नेपालको सबैभन्दा पुरानो संस्थाको ऐतिहासिक विरासत बोकेको नेपाली सेनाले यसको स्थापनाकाल देखि नै समावेशिताको नीतिलाई अख्तियार गरेको पाइन्छ । नेपाली सेनामा विभिन्न जातीयसमूहहरु मगर, गुरुङ, तामाङ, किराती/ लिम्बू र मधेशी समुदायहरुका बटालियनहरु नेपाली राज्यले आरक्षण कोप्रावधान सुरु गर्नुभन्दा दशकौं अघिबाट अस्तित्वमा थियो । यसले नेपाली सेनाको चरित्र स्थापना कालदेखि नै समावेशी थियो भन्ने देखाउँछ । २०७२ साल मा जारी नेपालको संविधानले आर्थिक, सामाजिक, राजनैतिक र प्रशासनिक दृष्टिले पछाडि परेका विभिन्न लक्षित वर्गहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता हुन पाउने हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । त्यसै अनुरुप नेपाली सेनाले पनि आफ्नो समावेशिताको मौलिक चरित्रलाई कायम राख्दै अझै समावेशी हुने तिर पाइला चालिरहेको पाइन्छ । सैनिक सेवा नियमावली, २०६९ ले खुल्ला प्रतियोगिता द्वारा नेपाली सेनामा पदपूर्ति हुने पदहरुको पैंतालिस प्रतिशत पदसंख्या समावेशीकरणका लागि छुट्याई सो संख्यालाई शत प्रतिशत मानी महिला, आदिवासी/जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रका उम्मेदवारहरु बिचक्रमश: बिस, बत्तिस, अट्ठाइस, पन्ध्र र पॉच प्रतिशत छुट्याएर ती समूह/समुदायका उम्मेदवारहरु बिच मात्र प्रतिस्पर्धा गर्ने प्रावधान लागू गरी नेपाली सेनामा पनि आरक्षण मार्फत् प्रतिनिधित्व बढाउने प्रयास गरिएकोछ । २०६२/०६३ को राजनैतिक परिवर्तनपछि राज्यका अन्य अङ्गहरुमा झै नेपाली सेनामा पनि समावेशी गर्नुपर्ने प्रावधानहरुले गति पायो । समावेशीकरणको नीति नेपाली राज्यका अन्य अङ्गहरु झैं नेपाली सेनाले पनि अङ्गीकार गर्दा त्यसका राम्रा र नराम्रा असरहरु नेपाली सेनाले पनि भोगिरहेको छ । द्धितीयक स्रोतका तथ्याकंहरुको विश्लेषणका आधारमा नेपाली सेनामा समावेशिताको विगतदेखि हालसम्मको अवस्था विश्लेषण गर्दे आगामी दिनमा पनि नेपाली सेनालेआफ्नो समावेशी चरित्र मार्फत् नेपाल राष्ट्र/राज्यको सार्वभौमसत्ता, अखण्डतालाई कसरी जोगाई राख्न सक्छ भन्ने विश्लेषण यो लेखमा समेटिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
6

अधिकारी, सुशीलकुमार. „नेपालमा बैष्णव धर्मको प्रचार“. Dristikon: A Multidisciplinary Journal 11, Nr. 1 (17.08.2021): 309–19. http://dx.doi.org/10.3126/dristikon.v11i1.39172.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अध्ययन नेपालमा वैष्णव धर्म प्रभावका कारक मुख्य समस्यामा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान विधि र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिबाट निष्कर्ष निकालिएको यस अध्ययनमा नेपाली समाजमा वैष्णव धर्मको स्थापना र यसको विस्तारको कारण खोजिएको छ । आर्यवर्तका रूपमा परिचित नेपाल र भारतमा वैदिक कालदेखि प्रचलनमा रही वर्तमानसम्म विस्तारित र अस्तित्वमा रहेको वैष्णव धर्मको स्थापना र विस्तारमा नेपालका शासक र तिनको यस धर्मप्रतिका आस्था र विश्वास नै प्रमुख कारकका रूपमा रहेको निष्कर्ष निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
7

अर्याल Aryal, पदमप्रसाद Padam Prasad. „दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना {Comparison of word classes of Danuwari and Nepali languages}“. Journal of Bhuwanishankar 1, Nr. 1 (12.12.2022): 138–52. http://dx.doi.org/10.3126/jobs.v1i1.50084.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत आलेख दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना गर्ने उद्देश्यले तयार पारिएको छ । तुलनात्मक अध्ययनका लागि नवीन तथा स्पष्ट सैद्धान्तिक पर्याधारको अभावमा मूलत: विद्वान्हरूका परम्परित नेपाली व्याकरणानुसार शब्दले गर्ने कार्यका आधारमा उक्त दुई भाषाका शब्दवर्गलाई तालिकीकरणका माध्यमबाट आलेखन गरिएको छ । पदवर्गभित्रका नाम, सर्वनाम, विशेषण, अव्यय, निपात र क्रियावर्ग र यसका भेदोपभेदको पनि तुलना गरिएको छ । यसका साथै क्षेत्रीय अध्ययन गरी प्राप्त प्राथमिक सामग्रीहरूलाई वर्गीकरण गर्न र अन्य आवश्यक ज्ञानका लागि पुस्तकालयीय विधिको प्रयोग पनि गरिएको छ । यस आलेखको प्राविधिक कार्यलाई पूर्णता प्रदान गर्न एपिए सातौँ संस्करणका प्रावधानलाई यथाशक्य उपयोग गरिएको छ । नेपाल विभिन्न जातजातिको सङ्गमस्थल हो । नेपालका प्रमाणित भाषा १२३ छन् भने भाषा –आयोगले नयाँ आठ वटा भाषाहरूको सूची प्रकाशित गरेको छ । दुवैलाई जोड्दा नेपालमा १३१ भाषा अस्तित्वमा छन् । यीमध्ये दनुवार जाति र यसको भाषा पनि एक राष्ट्रिय भाषा हो । दनुवारी भाषी नेपालका सातै प्रदेशमा छरिएर बसेका भए पनि यिनको मुख्य उद्गम स्थल र अधिक सङ्ख्यामा बसोबास चाहिँ वाग्मती प्रदेशमा नै भएको तथ्याङ्क प्राप्तछ । दनुवारी र नेपाली यी दुई भाषाका शब्दवर्गको तुलना गर्न सैद्धान्तिक आधारको आवश्यक पर्छ तर भाषाको तुलना गर्ने ठोस प्रकारको सैद्धान्तिक आधारको अभाव भएको हुँदा मूलतः परम्परित व्याकरण र आंशिक रूपमा तालिकीकरणका माध्यमबाट प्रस्तुत गरिएको छ । परम्परागत व्याकरणको शब्दवर्गको सैद्धान्तिक आधारमा दनुवारी र नेपाली भाषाका शब्दवर्गलाई तुलना गरिएको छ । दनुवारी भाषाका नाम वर्ग र विभिन्न उपवर्गमा अन्य भाषाको बढी मात्रामा प्रभाव परेको छ तथापि यो भाषा शब्दभण्डारका दृष्टिले निकै सबल छ । नातागोता, शरीरका विभिन्न अङ्ग, लुगाफाटा गरगहना,रोग, कृषिसँग सम्बन्धित शब्दहरू, नेपाली भाषासँग सम्बन्धित शब्दहरू, बोटविरुवा, कीटपतङ्ग, घरेलु सामग्री,पशुपंक्षी रखानेकुरा आदिका नाम शब्द सबै प्रकारका शब्दहरू प्रशस्त मात्रामा रहेको पाइएको छ । उक्त किसिमका शब्दहरू नेपाली निकटवर्ती भाषासँग पूर्ण भिन्नता, आंशिक समानता र पूर्ण समानता तिनै किसिमका समानता भएको कुराको निरूपण गरिएको छ । दनुवारी भाषा पनि नेपाली भाषाको तीव्र प्रभावमा रहेको स्थिति छ । नयाँ पुस्ताले लिइरहेको आधुनिक शिक्षा, बसाइँ सराइ, सञ्चार माध्यम मातृभाषाको प्रयोगमा कमी आदि कारणले यो भाषाले मूलत: नेपाली भाषाकै प्रभाव र स्वभाषेतर प्रयोगका कारणले आफ्नो मौलिकपन दिनानुदिन गुमाइरहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
8

थापा, दिवेश वरसिंह. „राष्ट्रिय हित प्रर्बद्घनमा सैनिक–नागरिक सम्बन्धको महत्व“. Unity Journal 2 (03.08.2021): 317–30. http://dx.doi.org/10.3126/unityj.v2i0.38844.

Der volle Inhalt der Quelle
Annotation:
नेपालको सार्वभौमसत्ता, अखण्डता, सिमाना सुरक्षा र नेपाली जनताको रक्षार्थ नेपाली सेनाले अग्र भागमा रहेर महत्व पूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नेपाली सेनाको कार्य सम्पादन गर्ने शैली र कार्य व्यवहारले गर्दा नेपाली जनताहरु माझ विश्वासिलो संस्थाको रुपमा स्थापित छ । नेपालको एकीकरण अभियान, पहिलो र दोस्रो विश्वयुद्ध, नेपाल–भोट युद्ध, खम्पा प्रकरण निष्तेज प्रक्रिया, नाकाबन्दी समस्या अन्त्यका लागि खेल्दै आएको भूमिका, प्राकृतिक प्रकोप, कोभिड–१९ जस्तो प्राणघातक महामारी लगायतमा नेपाली जनतालाई केन्द्रमा राखेर सक्रिय सहभागी भई समस्या न्यूनीकरण एवं समाधानार्थ सक्दो प्रयत्न गर्दैआएको पाइन्छ । यसका लागि नियमानुसार नेपाली समाजका सदस्यहरु नेपाली सेनामा भर्ना भइ देश र जनताको सेवामा काम गर्दै आउनु नै ‘सैनिक नागरिक सम्बन्ध’ को घनत्वलाई प्रस्ट्याएको देखिन्छ । नेपाली सेनाका सदस्यहरुको व्यवहार कस्तो छ वा हुनुपर्छ भन्ने विषयलाई नेपालीसमाजको वनावट, प्रकृति र प्रशासनिक स्वरुपले निर्धारण गर्नुका साथै समाजबाटै आएका विभिन्न सदस्यहरुको सङ्गठन भएकाले सेनाको मनोवृत्तिर कार्य–व्यवहारमा पनि सामाजिक प्रवृत्तिकै गहिरोछाप परेको हुन्छ । नेपालको राष्ट्रिय हित प्रबद्र्धनका लागि सैनिक नागरिक सम्बन्धको महत्व अवलोकन गर्नु नै यो लेखको मुख्य उद्देश्य हो । सैनिक–नागरिक सम्बन्धलाई सैद्धान्तिक, वैज्ञानिक र व्यावहारिक रुपमा अगाडि बढाउन सैनिक–नागरिक सम्बन्धको सिद्धान्त,राष्ट्रिय तथा अन्तराष्ट्रिय षड्यन्त्रको सिद्धान्तलाई ख्याल गरी आदर्शवादी–यथार्थवादी सिद्धान्तको कसीमा राखेर सैनिक–नागरिक सम्बन्धलाई हेर्नुपर्ने आवश्यकता छ । यो लेख वर्णनात्मक, विश्लेषणात्मक र तुलनात्मक शैलीमा आधारित छ । यसका साथै स्थलगत कार्य अन्तर्गत सम्बन्ध स्रोत व्यक्तिहरु सँग अन्तर्वार्ता पनि लिइएको छ । सैनिक–नागरिक सन्दर्भका नव प्रवर्तनात्मक खोजहरुले वर्तमान आवश्यकतानुसार राष्ट्रिय हित प्रबद्र्धनमा सैनिक–नागरिक सम्बन्धको महत्व विशिष्ट रहेको देखाउँछ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
9

खरेल Kahrel, अश्वस्थामा Ashwasthama भक्त Bhakta. „राष्ट्रहितमा सामरिक महत्वको सान्दर्भिकता Rashtrahitma Samarik Mahatwako Sanharbhikata“. Unity Journal 1 (02.02.2020): 165–70. http://dx.doi.org/10.3126/unityj.v1i0.35995.

Der volle Inhalt der Quelle
Annotation:
नेपाल प्रकृतिले भरिपूर्ण सामरिक महŒवको राष्ट्र हो । भू–परिवेष्ठित देश भए पनि सामरिक महŒवका दृष्टिलेनेपाल संसारकै उत्कृष्ट स्थल हो । सामरिक महत्वको राष्ट्र हुनाले नै अङ्ग्रेज तथा तिब्बतका सेनाहरुनागरिक समेतको सहयोगमा नेपाली सेनाबाट पराजितभएर फर्किनु परेको इतिहास सुनौला अक्षरले लेखिएका छन् । चाहे इष्ट इण्डिया कम्पनीले होस् वा चाहेतिब्बतले होस्, नेपालमाथि आक्रमण गर्दा सामरिकमहŒवले साथ दिएको थियो । छरिएका राज्यहरुलाई आधुनिक नेपालमा गाभ्न पनि सामरिक क्षेत्रले साथदिएको थियो । नेपालको अन्तर्राष्ट्रिय सीमा रक्षामा पनिसामरिक स्थलको साथ र सहयोग अतुलनीय रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
10

शर्मा Saharma, बिष्णु Bishnu प्रसाद Prasad. „बहुभाषिक कक्षामा नेपाली शिक्षण: समस्या र समाधान (Bahubhashik Kakshyama Nepali Shikshan: Samasya ra Samadhan)“. Janapriya Journal of Interdisciplinary Studies 3 (31.07.2017): 95–98. http://dx.doi.org/10.3126/jjis.v3i0.17900.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेख बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा आइपर्ने समस्या र समाधानमा केन्द्रित छ । यसका लागि पुस्तकालयीय विधिबाट द्वितीय स्रोतका सामग्री सङ्कलन गरी तिनको अध्ययन विश्लेषणका साथ निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपाली भाषाको भाषिक वातावरण प्राप्त नगरेका विद्यार्थीहरूमा सम्प्रेषणीयताको अभाव हुनु, कक्षामा शिक्षकले प्रयोग गर्ने नेपाली भाषा कसैका लागि अति सरल र कसैका लागि कठिन अनुभव हुनु, सबै विद्यार्थीको मातृभाषासम्म शिक्षकको पहुँच नहुनु जस्ता समस्या बहुभाषिक कक्षामा नेपाली शिक्षण गर्दा आइपर्छन् भने भाषिक पृष्ठभूमि र क्षमताका आधारमा विद्यार्थीलाई वर्गीकरण गरी सोही अनुसारका शिक्षण सामग्री, विधि तथा पाठ्यवस्तु प्रयोगका साथ उत्प्रेरणा र सबलीकरणका माध्यमबाट बहुभाषिक कक्षामा नेपाली शिक्षणलाई प्रभावकारी बनाउन सकिन्छ ।Janapriya Journal of Interdisciplinary Studies, Vol. III (December 2014), Page:95-98
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen

Dissertationen zum Thema "नेपाली"

1

Bhandari, Rajendraprasad. „Sikkim ka pramuk Nepali kathaharuko bisleshan ra mulyankan सिक्किमका प्रमुख नेपाली कथाहरुको विश्लेषण र मुल्यांकन“. Thesis, University of North Bengal, 2001. http://hdl.handle.net/123456789/1727.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

Chettri, Indra Bahadur. „Darjeelingka Nepali kathaharuko prabrittigata bishleshan ra mulyankan(1938-1960) दार्जीलिंगका नेपाली कथाहरुको प्रवृत्तिगत विश्लेषण र मुल्यांकन (सन् १९३८-१९६० )“. Thesis, University of North Bengal, 2003. http://hdl.handle.net/123456789/1694.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
3

Tamang, तामांग Bhupen भुपेन. „Nepali yuddha-upanyasharuko visayaparak नेपाली युद्ध-उपन्यासहरुको विषयपरक अध्ययन“. Thesis, University of North Bengal, 2021. http://ir.nbu.ac.in/handle/123456789/4659.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
4

Upadhyay, Dronkumar. „Nepali Savai Kabyako Bislesanatmak Mulyankan नेपाली सबाई काव्यकी विश्लेषणात्मक मुल्यांकन“. Thesis, University of North Bengal, 2002. http://hdl.handle.net/123456789/1730.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
5

Yanjan, Yash. „Bharatma Nepali bhasa r sahityako uthanma parasmani pradhanle gareko yogdanko bislesonatak mulyankan भारतमा नेपाली भाषा र साहित्यको उत्थानमा पारसमणी प्रधानले गरेका योगदानको बिश्लेषणात्मक मुल्यांकन“. Thesis, University of North Bengal, 1999. http://hdl.handle.net/123456789/1723.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
6

Sharma, Puspa. „Nepali kabitako bikashma sikkimko yogdan (1940-1990) नेपाली कविताको बिकासमा सिक्किमको योगदान (१९४०-१९९०)“. Thesis, University of North Bengal, 2001. http://hdl.handle.net/123456789/1725.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
7

Pradhan, Diwakar. „Adhyatma-chetanamulak adhunik Nepali kabitako bishleshan tatha mulyankan अध्यात्म- चेतनामुलक आधुनिक नेपाली कविताको बिश्लेषण तथा मुल्यांकन“. Thesis, University of North Bengal, 1994. http://ir.nbu.ac.in/handle/123456789/1719.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
8

Bhandari, Gopal Prasad. „Pragatibadi Nepali kabitama paiyana manayeo mulyabodhhko nirupam प्रगतिबादी नेपाली कवितामा पाइने मानवीय मूल्यबोधको निरुपण“. Thesis, University of North Bengal, 2011. http://ir.nbu.ac.in/handle/123456789/1735.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
9

Dahal, Mohan Prasad. „Darjeeling ka Adhunik Nepali Upanyaska prabitiharu ko Bishleshon tatha mulyaon (1936-1964) दर्जीलिंग्का आधुनिक नेपाली उपन्यासका प्रबृन्तिहरुको विश्लेषण तथा मुल्यांकन (१९३६-१९६४)“. Thesis, University of North Bengal, 1988. http://hdl.handle.net/123456789/1720.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
10

Parajuli, Pushkar. „Chiyakmanko janajiwan sandarbhit darjeelingka nepali upanyasharuko samajparak addhyayan ra mulyankan चियाकमानको जनजीबन सान्दर्भित दार्जीलिंगका नेपाली उपन्यासहरुको समाजपरक अध्ययन र मुल्यांकन“. Thesis, University of North Bengal, 2011. http://hdl.handle.net/123456789/1705.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen

Berichte der Organisationen zum Thema "नेपाली"

1

Oosterhoff, Pauline, Karen Snyder und Neelam Sharma. बेचबिखन विरूद्धका भ्रामक रणनीतिहरूबाट जोखिममा रहेका नेपाली महिलाहरू. Institute of Development Studies, Dezember 2022. http://dx.doi.org/10.19088/ids.2022.081.

Der volle Inhalt der Quelle
Annotation:
ेपालमा अतिथि सत्कार, मनोरञ्जन र कल्याण सम्बन्धी उद्योगहरू बढ्दै गएका छन्। बेचबिखन विरूद्धका प्रयासहरूमा प्रयोग गरिएको लेबल ‘वयस्क मनोरञ्जन क्षेत्र’ (‘AES’) ले यी उद्योगहरूमा के ही व्यवसायका मालिकहरू र मुख्यतया महिला कामदारहरूको प्रतिष्ठामा दाग लगाएको छ। व्यवसायहरूलाई कर््मचारीहरू खोज्न र कामदारहरूलाई काम खोज्नमा मद्दत गर्ने श्रम मध्यस््थकर््तताहरू यी अनौपचारिक उद्योगहरूको महत्त्वपूर््ण र प्रायजसो गलत रूपमा प्रस्तुत हुने अंश हुन्। महिलाहरूसँग नेपालमा सुरक्षित रोजगारी वा वैदेशिक श्रम आप्रवासनका लागि कु नै विकल्प नरहेको अवस््थथा रहेको छ। यी व्यवसाय र सामाजिक सुरक्षाको सजिलो दर््तता तथा अनुगमनलाई सहायता गर््ननाले नेपालको अर््थतन्त्रमा सुधार आउने छ र काम गर्ने अवस््थथाहरू अझै राम्रो हुनेछन्।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

Kharel, Arjun, Sudhir Shrestha, Sadikshya Bhattarai, Pauline Oosterhoff und Karen Snyder. वैदेशिक रोजगारीका लागि कामदार भर्ती गर्ने संस्थाहरूको सम्भावित आप्रवासी कामदारहरुसँग हुने भेटघाट तथा संलग्नताको मूल्याङ्कन. Institute of Development Studies, Dezember 2022. http://dx.doi.org/10.19088/ids.2022.084.

Der volle Inhalt der Quelle
Annotation:
यो अध्ययन नेपालमा श्रमिक भर्तीसम्बन्धी नीति र अभ्यासका बिचमा रहेको असमानताहरूलाई पहिचान गर्न र निजी भर्ती एजेन्सी अर्थात म्यानपावर कम्पनीहरु (PRAs) र प्रस्थानपूर्वको अभिमुखीकरण तालिम प्रदान गर्ने तालिम केन्द्रहरू (PDOT) जस्ता बैदेशिक रोजगारीमा कामदारहरु पठाउने क्षेत्रमा औपचारिक रुपमा काम गरेका प्रमुख श्रम बिचौलियाहरुले आप्रवासी कामदारहरूलाई विदेश प्रस्थान गर्नुअघि मानव बेचबिखनबारे जानकारी प्रदान गर्न उनिहरुसंग गर्ने भेटघाट तथा हुने संलग्नतालाई मूल्याङ्कन गर्न गरिएको थियो। यस अध्ययनका लागि छानिएका १५ वटा म्यानपावर कम्पनीहरु र १० वटा PDOT केन्द्रका व्यवस्थापनसँगको अन्तर्वार्ता, उक्त संस्थाहरुद्वारा अनलाइनमा प्रकाशित सामग्रीहरू र नेपालबाट हुने श्रम आप्रवासनसम्बन्धी प्रकाशनहरूको समीक्षाबाट प्राप्त तथ्याङ्कहरुलाई यस अध्ययनमा प्रयोग गरिएको थियो । यस अध्ययनमा नेपालमा श्रमिक भर्नाको नीति र अभ्यासका बिचमा धेरै नै असमानताहरू रहेको भेटियो, जस्तो कि बिदेसका रोजगारदाता कम्पनीहरुबाट श्रम माग (labour demand) ल्याउनको लागि बिचौलियाहरूको व्यापक प्रयोग तथा अनाधिकृत भुक्तानी, नेपाली म्यानपावर कम्पनीहरुले कामदारहरूको खोजीका लागि नेपालमा श्रम बिचौलियाहरुको प्रयोग र कर्मचारी प्रशासनमा रहेका झन्झट तथा अनियमितता। यी कुराहरूले नेपाली कामदारहरूको लागि समग्र आप्रवासन लागत वृद्धि हुन पुगेको र उनीहरूको सुरक्षित आप्रवासनलाई प्रभावित बनाएको पाइयो। बैदेशिक रोजगारीका लागि प्रस्थान गर्नुअघि आप्रवासी कामदारहरूलाई अनलाइन सामग्री, पत्रपत्रिकामा छापिएका रोजगारी विज्ञापन र सम्भावित आप्रवासीहरूसँगको आमने-सामनेको अन्तरक्रियाहरू मार्फत मानव बेचबिखन सम्बन्धी जानकारीहरु न्यूनतम रुपमा मात्र प्रदान गरिएको पाइयो। अभिमुखीकरण तालिम कक्षाहरू श्रम स्वीकृति लिनको लागि आवश्यक पर्ने औपचारिकताका लागि मात्र संचालन हुने गरेको र अभिमुखीकरण तालिम केन्द्रहरूले गुणस्तरमा आधारित प्रतिस्पर्धाको सट्टा कामदार भर्ती एजेन्सीसँगको नेटवर्क मार्फत ग्राहकहरू पाउने भएकाले उनीहरूले प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्न उनीहरु प्रोत्साहित नभएको पाइयो। अन्त्यमा, यस अध्ययनले सरकारी निकाय, गैरसरकारी संस्था र भर्ती एजेन्सीलाई नेपालबाट हुने श्रम आप्रवासनमा सुधार गर्ने विषयमा केहि सुझाबहरू प्रस्तुत गर्दछ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
3

Kharel, Arjun, Sadikshya Bhattarai, Prajesh Aryal, Sudhir Shrestha, Pauline Oosterhoff und Karen Snyder. नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूको परिवर्तनका बारेमा समाचारहरुको विश्लेषण. Institute of Development Studies, Dezember 2022. http://dx.doi.org/10.19088/ids.2022.085.

Der volle Inhalt der Quelle
Annotation:
यस अध्ययनमा सन् २०१५ पछि नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूमा भएका परिवर्तनहरूका बारेमा बुझ्नका लागि नेपालबाट मानव बेचबिखनमा संलग्न भएका विभिन्न व्यक्तिहरूबारे समाचारहरुमा गरिएको चित्रणलाई विश्लेषण गरिएको छ। यस अध्ययनका निष्कर्षहरू सन् २०१६ देखि २०२० सम्मको पाँच वर्षको अवधिमा नेपालका छ वटा राष्ट्रिय समाचार पत्रमा प्रकाशित ४८० वटा समाचारहरुको विश्लेषणका साथसाथै यस विषयमा प्रकाशित विद्यमान दस्तावेजहरू र समाचारपत्रका संवाददाता र सम्पादकहरूसँगको अन्तर्वार्तामा आधारित छन्। समाचारमा रिपोर्ट गरिएका आरोपीत अपराधीहरूमा धेरैजसो पुरुषहरू थिए भने पीडितहरूमा महिलाहरूको सङ्ख्या धेरै थियो। रिपोर्ट गरिएका यौन बेचबिखनका पीडितहरूमा महिलाहरूको ठूलो सङ्ख्या देखिएको थियो भने रिपोर्ट गरिएका श्रम बेचबिखनका पीडितहरूमा पुरुष र महिलाको सङ्ख्या बराबर थियो। यो नेपालबाट विदेशमा काम गर्न जाने पुरुष र महिला आप्रवासीहरूको वास्तविक अनुपात भन्दा फरक छ, जहाँ वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने महिला कामदारहरू भन्दा पुरुष कामदारहरू ८० प्रतिशतले बढी छन्। समाचार लेखहरूको विश्लेषणमा भारत ऐतिहासिक रूपमा बेचबिखनको गन्तव्य र ट्रान्जिटको हिसाबले शीर्ष मुलुक रहेकोमा अझै पनि सोही स्थानमा नै रहेको देखिएको छ। खाडी सहकार्य परिषद् (GCC) अन्तर्गतका मुलुकहरू, उत्तर अमेरिका, युरोप, दक्षिणपूर्वी एसिया र अष्ट्रेलिया नयाँ गन्तव्यका रूपमा देखा परेका छन् भने म्यानमारसहित युरोप, अफ्रिका र ल्याटिन अमेरिकाका केही मुलुकहरू नेपालबाट हुने मानव बेचबिखनको नयाँ ट्रान्जिटका रूपमा देखा परेका छन्। अध्ययनले नेपाली सञ्चारमाध्यममा मानव बेचबिखनसम्बन्धी रिपोर्टिङमा सुधार गर्न अनुसन्धानात्मक पत्रकारिताका लागि स्रोतहरू बाँडफाँड गर्न र समालोचनात्मक लैङ्गिक विश्लेषण सहितका ठोस रिपोर्टिङमा संवाददाताहरूलाई तालिम दिन सिफारिस गरेको छ। सरकारी निकायहरू बीचको समन्वय र अप्रभावकारी नीतिहरूको संशोधनले मानव बेचबिखन नियन्त्रण गर्न र रोजगारका लागि सुरक्षित आप्रवासनलाई प्रोत्साहित गर्न योगदान पुर्‍याउन सक्छ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
4

Chand, Obindra Bahadur, Katie Moore und Stephen Thompson. ध्यान दिनुपर्ने मुख्य कुराहारु : दक्षिण तथा दक्षिणपूर्वी एसिया र बाहिरका देशहरूमा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्ने मानवीय तथा आपतकालीन उद्दार कार्य. Institute of Development Studies, Januar 2024. http://dx.doi.org/10.19088/sshap.2024.001.

Der volle Inhalt der Quelle
Annotation:
अपाङ्गता भएका व्यक्तिहरुले धेरै स्थानहरूमा विभिन्न प्रकारका र जटिल किसिमका वातावरणीय, सामाजिक र संरचनात्मक बाधाहरू सामना गरेका हुन्छन्। यस्ता बाधाहरूले गर्दा ती अपाङ्गता भएका व्यक्तिहरुलाई मानवीय र अन्य आपतकालीन उद्दार गर्ने समयमा असमान हानि, तिरस्कार उपेक्षा र बहिष्कार गरिन सक्छ।1–3 विशेष गरी नेपाल र अन्य दक्षिण तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूसहित न्यून र मध्यम आय भएका देशहरू (LMIC हरू) मा यस्तो अवस्था स्पष्ट रूपमा देखिन्छ।4 अपाङ्गता भएका व्यक्तिहरुमा आफ्नो आवश्यकताको सीमित जागरूकता, सामाजिक लाञ्छना र पहुँच हुन गाह्रो पूर्वाधारले गर्दा आपतकालीन अवस्थामा उनीहरूले सामना गर्ने चुनौतीहरू अझै बढ्न सक्छ। यसका साथै अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्ने हेतुले यो विपद् र आपतकालीन योजना थोरै तयारी र योजना गरी बनाइएको छ।3,5,6 यो संक्षिप्त विवरणले दक्षिण तथा दक्षिणपूर्वी एसियामा मानवीय र जनस्वास्थ्य आपतकालिन अपाङ्गता भएका व्यक्तिहरुलाई अन्वेषण गर्छ। यो संक्षिप्त विवरणको नेपालमा केन्द्रित भएतापनि यसका सिद्धान्तहरू विश्वव्यापी रूपमा सान्दर्भिक रहेका छन् र यिनीहरूलाई पछि जुनसुकै सन्दर्भमा मिल्ने गरी परिवर्तन गर्न सकिन्छ। यो सरकार, नागरिक समाज र मानवीय क्षेत्रका सरोकारवालाहरूका लागि तयार गरिएको हो। यसले सामाजिक र सांस्कृतिक व्यवहार र अभ्यासहरूका साथसाथै संरचनात्मक असमानताहरूले आपतकालीन अवस्थामा अपाङ्गहरूलाई केही महत्व नदिने र बहिष्कार गर्ने कार्यलाई कसरी बढाउँछ भन्ने कुरालाई अझ राम्रोसँग बुझ्न सरोकारवालाहरूलाई सहायता गर्ने लक्ष्य राखेको छ। यो संक्षिप्त विवरणले अपाङ्गताप्रति उत्तरदायी हुने मानवीय र आपतकालीन योजना तथा हस्तक्षेपको राम्रो कार्यकोउदाहरणहरू प्रस्तुत गर्छ। यसले उद्दार कार्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई थप समावेश गर्न सहायता गर्ने अभियन्ताहरूका लागि आफूले ध्यान दिनुपर्ने मुख्य विचारहरू पनि प्रदान गर्छ। यो संक्षिप्त विवरणमा शैक्षिक र परम्परागत प्रकाशन र वितरण साहित्य र खुला स्रोत डाटा सेटहरूको प्रमाणहरू प्रयोग गरिएको छ। यो Tabitha Hrynick (IDS) को सहयोगमा Obindra Chand (HERD International, University of Essex), Katie Moore (Anthrologica) र Stephen Thompson (Institute of Development Studies (IDS) द्वारा लेखिएको हो। यो संक्षिप्त विवरण SSHAP को जिम्मेवारी हो।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
5

Chand, Obindra, Katie Moore und Stephen Thompson. प्रमुख विचार: दक्षिण और दक्षिण पूर्व एशिया आदि में विकलांगता-समावेशी मानवतावादी कार्रवाई और आपातकालीन गतिविधियाँ. Institute of Development Studies, Dezember 2023. http://dx.doi.org/10.19088/sshap.2023.027.

Der volle Inhalt der Quelle
Annotation:
विकलांग लोगों को पर्यावरणीय, सामाजिक और संरचनात्मक दिक्कतों और समस्याओं का विभिन्न जटिल संदर्भों और विविध रूपों में सामना करना पड़ता है। मानवीय और अन्य आपातकालीन प्रतिक्रियाओं के दौरान इन बाधाओं के कारण उन्हें अत्यधिक नुकसान भी उठाना पड़ता है तथा उन्हें उपेक्षित और बहिष्कृत भी किया जाता है।1–3 यह स्थिति विशेष रूप से नेपाल और अन्य दक्षिण और दक्षिण पूर्व एशियाई देशों सहित निम्न और मध्यम आय वाले देशों (low- and middle-income countries) में सामने आई है।4 विकलांग लोगों की जरूरतों, सामाजिक सोच और दुर्गम बुनियादी ढाँचे के बारे में सीमित जागरूकता आपातकालीन स्थितियों में उनके सामने आने वाली चुनौतियों में इजाफा कर सकती है। इसके अलावा, आपदा और आपातकालीन योजना विकलांगता को समावेशी बनाने के लिए बहुत कम तैयारी की गई है तथा योजना भी उसके अनुरूप नहीं है।3,5,6 इससे दक्षिण और दक्षिण पूर्व एशिया में मानवीय और सार्वजनिक स्वास्थ्य आपात स्थितियों के संदर्भ में विकलांगता की पड़ताल होती है। इसका फोकस नेपाल पर है लेकिन सिद्धांत सार्वभौमिक रूप से प्रासंगिक हैं और इन्हें किसी भी संदर्भ के लिए अपनाया जा सकता है। यह सरकार, सिविल सोसाइटी (नागरिक समाज) और मानवीय क्षेत्र के हितधारकों के लिए है। इसका उद्देश्य हितधारकों को यह बेहतर ढंग से समझने में सहायता करना है कि कैसे सामाजिक और सांस्कृतिक मानदंडों और प्रथाओं के साथ-साथ संरचनात्मक असमानताएँ आपात स्थिति में विकलांग लोगों के हाशिए पर ले जाने और बहिष्कार को बढ़ा देती हैं। यह संक्षिप्त विवरण विकलांगता-उत्तरदायी मानवीय और आपातकालीन योजना और हस्तक्षेप के लिए अच्छे अभ्यास के उदाहरण प्रस्तुत करता है। इससे विकलांग लोगों के और अधिक समावेशन की वकालत करने का लक्ष्य रखने वाले लोगों के लिए महत्वपूर्ण विचार भी प्राप्त होता है। यह संक्षिप्त विवरण शैक्षिक साहित्य तथा ओपन-सोर्स डेटा के साक्ष्य पर आधारित है। इसे ओबिन्द्र चंद (एच.ई.आर.डी. इंटरनेशनल, एसेक्स युनिवर्सिटी), केटी मूर (एंथ्रोलॉजिका) और स्टीफन थॉम्पसन (इंस्टीट्यूट ऑफ डेवलपमेंट स्टडीज (आई.डी.एस.)) द्वारा तैयार किया गया है तथा यह विवरण तबीथा ह्रीनिक (आई.डी.एस.) द्वारा समर्थित है। इस संक्षिप्त विवरण को कार्यरूप देने की जबावदारी एस.एस.एच.ए.पी. की है।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
6

Macpherson, Hannah. कला माफर्त दिगो सरसफाइका लागि स्रोतको उपयोग. Institute of Development Studies, April 2023. http://dx.doi.org/10.19088/ids.2023.019.

Der volle Inhalt der Quelle
Annotation:
दक्षिणी गोलार्धमा रहेका अल्प–बिकसित तथा न्युन आय भएका धेरै देशहरुले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे पनि उनीहरुले अझै सरसफाई, फोहोर पानी र दिसाजन्य लेदो ब्यबस्थापनका चुनौतीहरुका सम्बोधन गर्न उल्लेख्य मात्रामा काम गर्नु पर्नेछ । जलवायुले सिर्जना गरेको अनिश्चितता, पानीको अभाव र कमजोर पूर्वाधारले गर्दा फ्लस गरेर बिर्सने (flush and forget) प्रणाली सदैव सम्भव र वाञ्छनीय हुँदैन । यस सारपत्रमा कलाको माध्यमबाट कसरी मानिसहरुलाई आगामी दिनमा गर्नुपर्ने बैकल्पिक सरसफाइका उपायहरु बारेमा पुनर्कल्पना गर्न मद्दत गर्दछ भन्ने कुरा बर्णन गरिएको छ । नेपालमा गरिएको अनुसन्धानका आधारमा यस सारपत्रले नृत्य कार्यशाला, खेतवारीमा मानवमल प्रयोग (Humanure Planting) गीत प्रतियोगिता र सूचनामूलक रेडियो सन्देशजस्ता क्रियाकलापले कसरी सरसफाइका चुनौती र दिसाजन्य लेदोको सुरक्षित पुन:प्रयोग गरी खैरोलाई सुनमा बदल्न सकिन्छ भन्नेबारे जानकारी प्रदान गर्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
7

प्राकृतिक श्रोतको व्यवस्थापन र दिगो विकासमा लैङ्गिक समावेशीकरणका सफल अभ्यासहरु- सुदूरपश्चिम प्रदेश, नेपाल. Kathmandu, Nepal: International Centre for Integrated Mountain Development (ICIMOD), 2021. http://dx.doi.org/10.53055/icimod.781.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
8

प्राकृतिक श्रोतको व्यवस्थापन र दिगो विकासमा लैङ्गिक समावेशीकरणका सफल अभ्यासहरु- सुदूरपश्चिम प्रदेश, नेपाल. Kathmandu, Nepal: International Centre for Integrated Mountain Development (ICIMOD), 2021. http://dx.doi.org/10.53055/icimod.781.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
9

कैलाश पवित्र भू–परिधि नेपालमा पाइने मिचाहा बाह्य वनस्पति प्रजातिहरू [ Manual on invasive alien plant species in Kailash Sacred Landscape-Nepal ]. Kathmandu, Nepal: International Centre for Integrated Mountain Development (ICIMOD), 2017. http://dx.doi.org/10.53055/icimod.651.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
10

कैलाश पवित्र भू–परिधि नेपालमा पाइने मिचाहा बाह्य वनस्पति प्रजातिहरू [ Manual on invasive alien plant species in Kailash Sacred Landscape-Nepal ]. Kathmandu, Nepal: International Centre for Integrated Mountain Development (ICIMOD), 2017. http://dx.doi.org/10.53055/icimod.651.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
Wir bieten Rabatte auf alle Premium-Pläne für Autoren, deren Werke in thematische Literatursammlungen aufgenommen wurden. Kontaktieren Sie uns, um einen einzigartigen Promo-Code zu erhalten!

Zur Bibliographie