Um die anderen Arten von Veröffentlichungen zu diesem Thema anzuzeigen, folgen Sie diesem Link: नेपाली.

Zeitschriftenartikel zum Thema „नेपाली“

Geben Sie eine Quelle nach APA, MLA, Chicago, Harvard und anderen Zitierweisen an

Wählen Sie eine Art der Quelle aus:

Machen Sie sich mit Top-50 Zeitschriftenartikel für die Forschung zum Thema "नेपाली" bekannt.

Neben jedem Werk im Literaturverzeichnis ist die Option "Zur Bibliographie hinzufügen" verfügbar. Nutzen Sie sie, wird Ihre bibliographische Angabe des gewählten Werkes nach der nötigen Zitierweise (APA, MLA, Harvard, Chicago, Vancouver usw.) automatisch gestaltet.

Sie können auch den vollen Text der wissenschaftlichen Publikation im PDF-Format herunterladen und eine Online-Annotation der Arbeit lesen, wenn die relevanten Parameter in den Metadaten verfügbar sind.

Sehen Sie die Zeitschriftenartikel für verschiedene Spezialgebieten durch und erstellen Sie Ihre Bibliographie auf korrekte Weise.

1

Neupane, Bishnu. „नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण“. Journal of Development Review 8, Nr. 2 (11.10.2023): 20–29. http://dx.doi.org/10.3126/jdr.v8i2.59210.

Der volle Inhalt der Quelle
Annotation:
नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण शीर्षकको यस लेखमा नेपाली भाषाको विकासका क्रममा भएका कार्यहरूमध्ये व्याकरणलेखन, साहित्यलेखन, कोशनिर्माण, पठनपाठन, अनुसन्धान, पत्रपत्रिका प्रकाशन र भाषिक आन्दोलन तथा अभियानहरूजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । विक्रमको दसौँ शताब्दीदेखि आजसम्मको नेपाली भाषाको विकासको इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न कामहरू भएका छन् । यिनै कामहरू केकसरी अगाडि बढे भन्ने मूल समस्यामा यो लेख केन्द्रित छ । नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा, नेपालभित्र बोलिने विभिन्न भाषाहरूको सम्पर्क भाषा, नेपालको राष्ट्रभाषा, नेपाल राज्यभित्र सरकारी काजकाजको भाषा हो । यसको विकासमा भएका कार्यहरूको विवरणात्मक र विश्लेषणात्मक अध्ययन गर्नु यस लेखको उद्देश्य हो । पुस्तकालय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोत सामग्री सङ्कलन गरी यिनै सामग्रीको अध्ययन र पुनरावलोकनबाट गुणात्मक अनुसन्धान ढाँचामा विश्लेषित यस अनुसन्धान लेखमा नेपाली भाषाका विकास र विस्तारमा उल्लेख्य कार्य भई यो भाषा एउटा संवृद्ध भाषाका रूपमा रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

नेपाल Nepal, जगत Jagat. „नेपाली काँग्रेसका तीन सशस्त्र क्रान्तिमा मिडियाको प्रयोग {Use of media in three armed revolutions of Nepali Congress}“. Shikshya Sandesh 6, Nr. 1 (31.12.2023): 1–6. http://dx.doi.org/10.3126/ss.v6i1.63109.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली काँग्रेसलेगरेका तीनओटा सशस्त्र क्रान्ति र त्यस क्रममा मिडियालाई कसरी प्रयोग गरिएकोथियो भन्ने विषयमा केन्द्रित छ । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण भएर वि.सं.२००६ सालमा नेपाली काँग्रेसको स्थापना भए लगत्तै निरंकुश राणा शासनको अन्त्यका लागि २००७ सालमा पहिलो पटक हतियार उठाएको नेपाली काँग्रेसले प्रजातन्त्र स्थापनाका लागि २०१८ र २०२८ गरी तीन पटक सशस्त्र क्रान्ति गर्यो । पहिलो क्रान्तिबाट १०४ वर्षे राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गरे पनि उसले चलाएका दुई ओटा क्रान्ति भने सफल हुन सकेनन् । पञ्चायत विरुद्ध काँग्रेसले चलाएको क्रान्तिका क्रममा वि.सं.२०३१ सालमा ओखलढुङ्गामा कव्जा गरी समानान्तर सरकार चलाउने योजना विफल भएपछि संस्थापक नेता बीपी कोइरालाले क्रान्तिको बाटो त्यागेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराए । नेपालको जेठो दल नेपाली काँग्रेसले सशस्त्र क्रान्तिका समयमा मिडियाकोउपयोग कसरी गरेको थियो भन्ने विषयमा अनुसन्धान गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
3

न्यौपाने Neupane, नगेन्द्रप्रसाद Nagendraprasad. „मादल : एक अध्ययन {Madal: A Study}“. SIRJANĀ – A Journal on Arts and Art Education 4, Nr. 1 (01.12.2017): 60–66. http://dx.doi.org/10.3126/sirjana.v4i1.44517.

Der volle Inhalt der Quelle
Annotation:
नेपाली लोक बाजाको रूपमा परिचित मादल नेपाली लोक सङ्गीतको ढुकढुकी हो । प्राचीन शास्त्रीय बाजामृदङ्ग र पखवाजको अनुकरण गर्दै मादलको आविष्कार भएको हो भन्ने आकलन गर्न सकिन्छ । मादलको उत्पत्तिका विषयमा कुनै प्रमाण भेटिएको पाइँदैन । मादल लोक वाद्य भएता पनि सबै प्रकारका सङ्गीतमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ । हाल नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय सङ्गीत जगत्मा समेत यसको प्रयोग बढ्दो छ । अपितु नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढिरहेको अवस्थामा नेपाली मौलिक वाद्ययन्त्र मादलप्रति युवा वर्गको रुचिमा कमी हुँदै गएको पाइन्छ । नेपाली लोक गीतहरूमा पश्चिमा वाद्ययन्त्रहरू ड्रम,गितार आदिको प्रयोगले नेपाली संस्कृतिको लोक पक्ष नै समाप्त होला भन्ने डर भइसकेको छ ।त्यसैले आदिकालदेखि नै गौरवशाली परम्परा बोकेको मादलको संरक्षण, संवद्र्धन र विकासका लागि सम्पूर्ण सङ्घ, संस्था, सङ्गीत विद्यालय, कलेज तथा रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चार माध्यमद्वारा यस सम्बन्धी अभिरुचि बढाउने तालिम, गोष्ठी, कार्यक्रम , प्रतियोगिताहरू हुनुआवश्यक देखिन्छ । नेपालको सांस्कृतिक प्रतीकका रूपमा रहेको मादलको सरकारी तबरबाटै यस सम्बन्धी अध्ययन अध्यापनको लागि कार्यक्रम निर्माण गरी यसलाई विषयगत रूपमा लागु गर्नु अनिवार्य हुन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
4

Gautam, Badri Narayan. „२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस“. Historical Journal 15, Nr. 1 (20.03.2024): 76–87. http://dx.doi.org/10.3126/hj.v15i1.63980.

Der volle Inhalt der Quelle
Annotation:
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष्ट योगदान जुटाउने काम गरेकाले सफलता प्राप्त गरेका थिए । उनको निधन पछिका दिनहरूमा उत्तराधिकारीहरूबाट एकीकरण अभियानलाई निरन्तरता दिन खोजे तापनि जनताको साथ सहयोगको महत्त्वलाई उपेक्षा गर्ने काम भएपछि सुरु भएको गुटबन्दीका अन्तमा पारिवारिक राणाशासन स्थापना भएर पारिवारिक निरङ्कुश तन्त्रमा परिणत भयो । राजा र जनता बिच ठुलो पर्खाल लगाइएको अवस्थाभैmँ बनाएका राणाहरूले राजालाई खोपाको देवताभैmँ बनाएर नेपाल र नेपालीको भाग्य विधाताकै शैलीमा शासन गर्न थालेपछि देशभित्र विरोधका आवाजसम्म नै निषेध गरेकाले भारतीय भूभागलाई आधारभूमि बनाएर स्थापना भएको नेपाली कांग्रेस हतियारका बलमा गतिशील राणाशासन फाल्न सशस्त्र क्रान्ति बिना नसकिने निष्कर्षमा पुगेको हो । प्रजातान्त्रिक विधि र पद्धतिको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको नेपाली कांग्रेसले निर्णायक प्रहारका लागि नै भारत केन्द्रित भएर तयारी पूरा गरेको थियो । वी.पी. एवं सुवर्णशमशेरको पहलमा निर्णय गरेर थालेको अन्तिम तयारी क्रममा राजाको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापनाको घोषणा गर्नु नै क्रान्ति सफलताको मूल आधार थियो ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
5

महत, कमल बहादुर. „नेपाली सेनामा समावेशिता: एक विश्लेषण“. Unity Journal 2 (03.08.2021): 288–302. http://dx.doi.org/10.3126/unityj.v2i0.38838.

Der volle Inhalt der Quelle
Annotation:
आधुनिक नेपालको सबैभन्दा पुरानो संस्थाको ऐतिहासिक विरासत बोकेको नेपाली सेनाले यसको स्थापनाकाल देखि नै समावेशिताको नीतिलाई अख्तियार गरेको पाइन्छ । नेपाली सेनामा विभिन्न जातीयसमूहहरु मगर, गुरुङ, तामाङ, किराती/ लिम्बू र मधेशी समुदायहरुका बटालियनहरु नेपाली राज्यले आरक्षण कोप्रावधान सुरु गर्नुभन्दा दशकौं अघिबाट अस्तित्वमा थियो । यसले नेपाली सेनाको चरित्र स्थापना कालदेखि नै समावेशी थियो भन्ने देखाउँछ । २०७२ साल मा जारी नेपालको संविधानले आर्थिक, सामाजिक, राजनैतिक र प्रशासनिक दृष्टिले पछाडि परेका विभिन्न लक्षित वर्गहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता हुन पाउने हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । त्यसै अनुरुप नेपाली सेनाले पनि आफ्नो समावेशिताको मौलिक चरित्रलाई कायम राख्दै अझै समावेशी हुने तिर पाइला चालिरहेको पाइन्छ । सैनिक सेवा नियमावली, २०६९ ले खुल्ला प्रतियोगिता द्वारा नेपाली सेनामा पदपूर्ति हुने पदहरुको पैंतालिस प्रतिशत पदसंख्या समावेशीकरणका लागि छुट्याई सो संख्यालाई शत प्रतिशत मानी महिला, आदिवासी/जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रका उम्मेदवारहरु बिचक्रमश: बिस, बत्तिस, अट्ठाइस, पन्ध्र र पॉच प्रतिशत छुट्याएर ती समूह/समुदायका उम्मेदवारहरु बिच मात्र प्रतिस्पर्धा गर्ने प्रावधान लागू गरी नेपाली सेनामा पनि आरक्षण मार्फत् प्रतिनिधित्व बढाउने प्रयास गरिएकोछ । २०६२/०६३ को राजनैतिक परिवर्तनपछि राज्यका अन्य अङ्गहरुमा झै नेपाली सेनामा पनि समावेशी गर्नुपर्ने प्रावधानहरुले गति पायो । समावेशीकरणको नीति नेपाली राज्यका अन्य अङ्गहरु झैं नेपाली सेनाले पनि अङ्गीकार गर्दा त्यसका राम्रा र नराम्रा असरहरु नेपाली सेनाले पनि भोगिरहेको छ । द्धितीयक स्रोतका तथ्याकंहरुको विश्लेषणका आधारमा नेपाली सेनामा समावेशिताको विगतदेखि हालसम्मको अवस्था विश्लेषण गर्दे आगामी दिनमा पनि नेपाली सेनालेआफ्नो समावेशी चरित्र मार्फत् नेपाल राष्ट्र/राज्यको सार्वभौमसत्ता, अखण्डतालाई कसरी जोगाई राख्न सक्छ भन्ने विश्लेषण यो लेखमा समेटिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
6

अधिकारी, सुशीलकुमार. „नेपालमा बैष्णव धर्मको प्रचार“. Dristikon: A Multidisciplinary Journal 11, Nr. 1 (17.08.2021): 309–19. http://dx.doi.org/10.3126/dristikon.v11i1.39172.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अध्ययन नेपालमा वैष्णव धर्म प्रभावका कारक मुख्य समस्यामा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान विधि र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिबाट निष्कर्ष निकालिएको यस अध्ययनमा नेपाली समाजमा वैष्णव धर्मको स्थापना र यसको विस्तारको कारण खोजिएको छ । आर्यवर्तका रूपमा परिचित नेपाल र भारतमा वैदिक कालदेखि प्रचलनमा रही वर्तमानसम्म विस्तारित र अस्तित्वमा रहेको वैष्णव धर्मको स्थापना र विस्तारमा नेपालका शासक र तिनको यस धर्मप्रतिका आस्था र विश्वास नै प्रमुख कारकका रूपमा रहेको निष्कर्ष निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
7

अर्याल Aryal, पदमप्रसाद Padam Prasad. „दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना {Comparison of word classes of Danuwari and Nepali languages}“. Journal of Bhuwanishankar 1, Nr. 1 (12.12.2022): 138–52. http://dx.doi.org/10.3126/jobs.v1i1.50084.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत आलेख दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना गर्ने उद्देश्यले तयार पारिएको छ । तुलनात्मक अध्ययनका लागि नवीन तथा स्पष्ट सैद्धान्तिक पर्याधारको अभावमा मूलत: विद्वान्हरूका परम्परित नेपाली व्याकरणानुसार शब्दले गर्ने कार्यका आधारमा उक्त दुई भाषाका शब्दवर्गलाई तालिकीकरणका माध्यमबाट आलेखन गरिएको छ । पदवर्गभित्रका नाम, सर्वनाम, विशेषण, अव्यय, निपात र क्रियावर्ग र यसका भेदोपभेदको पनि तुलना गरिएको छ । यसका साथै क्षेत्रीय अध्ययन गरी प्राप्त प्राथमिक सामग्रीहरूलाई वर्गीकरण गर्न र अन्य आवश्यक ज्ञानका लागि पुस्तकालयीय विधिको प्रयोग पनि गरिएको छ । यस आलेखको प्राविधिक कार्यलाई पूर्णता प्रदान गर्न एपिए सातौँ संस्करणका प्रावधानलाई यथाशक्य उपयोग गरिएको छ । नेपाल विभिन्न जातजातिको सङ्गमस्थल हो । नेपालका प्रमाणित भाषा १२३ छन् भने भाषा –आयोगले नयाँ आठ वटा भाषाहरूको सूची प्रकाशित गरेको छ । दुवैलाई जोड्दा नेपालमा १३१ भाषा अस्तित्वमा छन् । यीमध्ये दनुवार जाति र यसको भाषा पनि एक राष्ट्रिय भाषा हो । दनुवारी भाषी नेपालका सातै प्रदेशमा छरिएर बसेका भए पनि यिनको मुख्य उद्गम स्थल र अधिक सङ्ख्यामा बसोबास चाहिँ वाग्मती प्रदेशमा नै भएको तथ्याङ्क प्राप्तछ । दनुवारी र नेपाली यी दुई भाषाका शब्दवर्गको तुलना गर्न सैद्धान्तिक आधारको आवश्यक पर्छ तर भाषाको तुलना गर्ने ठोस प्रकारको सैद्धान्तिक आधारको अभाव भएको हुँदा मूलतः परम्परित व्याकरण र आंशिक रूपमा तालिकीकरणका माध्यमबाट प्रस्तुत गरिएको छ । परम्परागत व्याकरणको शब्दवर्गको सैद्धान्तिक आधारमा दनुवारी र नेपाली भाषाका शब्दवर्गलाई तुलना गरिएको छ । दनुवारी भाषाका नाम वर्ग र विभिन्न उपवर्गमा अन्य भाषाको बढी मात्रामा प्रभाव परेको छ तथापि यो भाषा शब्दभण्डारका दृष्टिले निकै सबल छ । नातागोता, शरीरका विभिन्न अङ्ग, लुगाफाटा गरगहना,रोग, कृषिसँग सम्बन्धित शब्दहरू, नेपाली भाषासँग सम्बन्धित शब्दहरू, बोटविरुवा, कीटपतङ्ग, घरेलु सामग्री,पशुपंक्षी रखानेकुरा आदिका नाम शब्द सबै प्रकारका शब्दहरू प्रशस्त मात्रामा रहेको पाइएको छ । उक्त किसिमका शब्दहरू नेपाली निकटवर्ती भाषासँग पूर्ण भिन्नता, आंशिक समानता र पूर्ण समानता तिनै किसिमका समानता भएको कुराको निरूपण गरिएको छ । दनुवारी भाषा पनि नेपाली भाषाको तीव्र प्रभावमा रहेको स्थिति छ । नयाँ पुस्ताले लिइरहेको आधुनिक शिक्षा, बसाइँ सराइ, सञ्चार माध्यम मातृभाषाको प्रयोगमा कमी आदि कारणले यो भाषाले मूलत: नेपाली भाषाकै प्रभाव र स्वभाषेतर प्रयोगका कारणले आफ्नो मौलिकपन दिनानुदिन गुमाइरहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
8

थापा, दिवेश वरसिंह. „राष्ट्रिय हित प्रर्बद्घनमा सैनिक–नागरिक सम्बन्धको महत्व“. Unity Journal 2 (03.08.2021): 317–30. http://dx.doi.org/10.3126/unityj.v2i0.38844.

Der volle Inhalt der Quelle
Annotation:
नेपालको सार्वभौमसत्ता, अखण्डता, सिमाना सुरक्षा र नेपाली जनताको रक्षार्थ नेपाली सेनाले अग्र भागमा रहेर महत्व पूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नेपाली सेनाको कार्य सम्पादन गर्ने शैली र कार्य व्यवहारले गर्दा नेपाली जनताहरु माझ विश्वासिलो संस्थाको रुपमा स्थापित छ । नेपालको एकीकरण अभियान, पहिलो र दोस्रो विश्वयुद्ध, नेपाल–भोट युद्ध, खम्पा प्रकरण निष्तेज प्रक्रिया, नाकाबन्दी समस्या अन्त्यका लागि खेल्दै आएको भूमिका, प्राकृतिक प्रकोप, कोभिड–१९ जस्तो प्राणघातक महामारी लगायतमा नेपाली जनतालाई केन्द्रमा राखेर सक्रिय सहभागी भई समस्या न्यूनीकरण एवं समाधानार्थ सक्दो प्रयत्न गर्दैआएको पाइन्छ । यसका लागि नियमानुसार नेपाली समाजका सदस्यहरु नेपाली सेनामा भर्ना भइ देश र जनताको सेवामा काम गर्दै आउनु नै ‘सैनिक नागरिक सम्बन्ध’ को घनत्वलाई प्रस्ट्याएको देखिन्छ । नेपाली सेनाका सदस्यहरुको व्यवहार कस्तो छ वा हुनुपर्छ भन्ने विषयलाई नेपालीसमाजको वनावट, प्रकृति र प्रशासनिक स्वरुपले निर्धारण गर्नुका साथै समाजबाटै आएका विभिन्न सदस्यहरुको सङ्गठन भएकाले सेनाको मनोवृत्तिर कार्य–व्यवहारमा पनि सामाजिक प्रवृत्तिकै गहिरोछाप परेको हुन्छ । नेपालको राष्ट्रिय हित प्रबद्र्धनका लागि सैनिक नागरिक सम्बन्धको महत्व अवलोकन गर्नु नै यो लेखको मुख्य उद्देश्य हो । सैनिक–नागरिक सम्बन्धलाई सैद्धान्तिक, वैज्ञानिक र व्यावहारिक रुपमा अगाडि बढाउन सैनिक–नागरिक सम्बन्धको सिद्धान्त,राष्ट्रिय तथा अन्तराष्ट्रिय षड्यन्त्रको सिद्धान्तलाई ख्याल गरी आदर्शवादी–यथार्थवादी सिद्धान्तको कसीमा राखेर सैनिक–नागरिक सम्बन्धलाई हेर्नुपर्ने आवश्यकता छ । यो लेख वर्णनात्मक, विश्लेषणात्मक र तुलनात्मक शैलीमा आधारित छ । यसका साथै स्थलगत कार्य अन्तर्गत सम्बन्ध स्रोत व्यक्तिहरु सँग अन्तर्वार्ता पनि लिइएको छ । सैनिक–नागरिक सन्दर्भका नव प्रवर्तनात्मक खोजहरुले वर्तमान आवश्यकतानुसार राष्ट्रिय हित प्रबद्र्धनमा सैनिक–नागरिक सम्बन्धको महत्व विशिष्ट रहेको देखाउँछ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
9

खरेल Kahrel, अश्वस्थामा Ashwasthama भक्त Bhakta. „राष्ट्रहितमा सामरिक महत्वको सान्दर्भिकता Rashtrahitma Samarik Mahatwako Sanharbhikata“. Unity Journal 1 (02.02.2020): 165–70. http://dx.doi.org/10.3126/unityj.v1i0.35995.

Der volle Inhalt der Quelle
Annotation:
नेपाल प्रकृतिले भरिपूर्ण सामरिक महŒवको राष्ट्र हो । भू–परिवेष्ठित देश भए पनि सामरिक महŒवका दृष्टिलेनेपाल संसारकै उत्कृष्ट स्थल हो । सामरिक महत्वको राष्ट्र हुनाले नै अङ्ग्रेज तथा तिब्बतका सेनाहरुनागरिक समेतको सहयोगमा नेपाली सेनाबाट पराजितभएर फर्किनु परेको इतिहास सुनौला अक्षरले लेखिएका छन् । चाहे इष्ट इण्डिया कम्पनीले होस् वा चाहेतिब्बतले होस्, नेपालमाथि आक्रमण गर्दा सामरिकमहŒवले साथ दिएको थियो । छरिएका राज्यहरुलाई आधुनिक नेपालमा गाभ्न पनि सामरिक क्षेत्रले साथदिएको थियो । नेपालको अन्तर्राष्ट्रिय सीमा रक्षामा पनिसामरिक स्थलको साथ र सहयोग अतुलनीय रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
10

शर्मा Saharma, बिष्णु Bishnu प्रसाद Prasad. „बहुभाषिक कक्षामा नेपाली शिक्षण: समस्या र समाधान (Bahubhashik Kakshyama Nepali Shikshan: Samasya ra Samadhan)“. Janapriya Journal of Interdisciplinary Studies 3 (31.07.2017): 95–98. http://dx.doi.org/10.3126/jjis.v3i0.17900.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेख बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा आइपर्ने समस्या र समाधानमा केन्द्रित छ । यसका लागि पुस्तकालयीय विधिबाट द्वितीय स्रोतका सामग्री सङ्कलन गरी तिनको अध्ययन विश्लेषणका साथ निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपाली भाषाको भाषिक वातावरण प्राप्त नगरेका विद्यार्थीहरूमा सम्प्रेषणीयताको अभाव हुनु, कक्षामा शिक्षकले प्रयोग गर्ने नेपाली भाषा कसैका लागि अति सरल र कसैका लागि कठिन अनुभव हुनु, सबै विद्यार्थीको मातृभाषासम्म शिक्षकको पहुँच नहुनु जस्ता समस्या बहुभाषिक कक्षामा नेपाली शिक्षण गर्दा आइपर्छन् भने भाषिक पृष्ठभूमि र क्षमताका आधारमा विद्यार्थीलाई वर्गीकरण गरी सोही अनुसारका शिक्षण सामग्री, विधि तथा पाठ्यवस्तु प्रयोगका साथ उत्प्रेरणा र सबलीकरणका माध्यमबाट बहुभाषिक कक्षामा नेपाली शिक्षणलाई प्रभावकारी बनाउन सकिन्छ ।Janapriya Journal of Interdisciplinary Studies, Vol. III (December 2014), Page:95-98
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
11

प्रधान, मीरा. „मातृभाषा शिक्षणमा देखापरेका चुनौतीहरू“. JMC Research Journal 10, Nr. 01 (31.12.2021): 54–68. http://dx.doi.org/10.3126/jmcrj.v10i01.51302.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेखमा नेपालको सन्दर्भमा मातृभाषा शिक्षणसँग सम्बन्धित विविध पक्षहरूको अध्ययन गरिएको छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा १२३ वटा भाषा अस्तित्वमा रहेका छन्, जसमध्ये माध्यम भाषाका रूपमा रहेको नेपाली भाषा ४४.६४% ले मातृभाषाका रूपमा बोल्दछन् भने ५५.३६% को मातृभाषा नेपालीबाहेक अन्य रहेको छ । नेपालको अन्तरिम संविधान (२०६३) र नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिँदै नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक प्रदान गरेको छ, तर यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न विविध प्रकारका चुनौतीहरू रहेका छन् । यसै परिप्रेक्ष्यमा यस लेखमा नेपालमा बोलिने भाषाहरूको अवस्था, मातृभाषा शिक्षणको उद्देश्य, मातृभाषा शिक्षणमा देखापरेका समस्याहरू, मातृभाषा शिक्षणको क्षेत्रमा भएका प्रयासहरू र मातृभाषा शिक्षणमा विद्यमान समस्या निराकरण गर्न अपनाउन सकिने उपायहरू प्रस्तुत गरिएको छ । हाल नेपालमा मातृभाषा शिक्षणको क्षेत्रमा विभिन्न चुनौतीहरू देखिए तापनि लेख्यीकरणको स्तरमा आइसकेका भाषाहरूमा पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू निर्माण गरी पठनपाठन गर्ने कार्य प्रत्येक वर्ष बढ्दै गइरहेको छ । आफ्नो जातिको भाषा संरक्षण र सम्बद्र्धनका लागि कतिपय जातिहरू लागिपरेका छन् । प्रादेशिक स्तरमा पनि यस क्षेत्रमा महत्त्वपूर्ण कामहरू सुरु भएका छन् । नेपालमा बोलिने भाषाहरूको संरक्षण, संवद्र्धन र विकास गर्ने, मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यता अध्ययन गर्ने, भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने उद्देश्य अनुरूप वि. सं. २०७३ मा भाषा आयोग गठन भई यसले काम सुरु गरिसकेको छ । त्यसै गरी पाठ्यक्रम विकास केन्द्र, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, स्थानीय निकाय लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले नेपालमा अस्तित्वमा रहेका भाषाहरूको संरक्षण, संवद्र्धन र विकासका लागि विविध कार्यहरू गरिरहेको सन्दर्भमा यी संस्थाहरूले एकआपसमा समन्वय गरेर योजनाबद्ध रूपमा काम गर्ने हो भने मातृभाषा शिक्षणमा विद्यमान चुनौतीहरू क्रमशः कम हुँदै जाने निष्कर्ष यस लेखमा निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
12

बस्याल Basyal, ध्रुब प्रसाद Dhruba Prasad. „अष्ट्रेलियामा बसोवास गर्ने गैर आवासीय नेपाली संघको भूमिका {The role of non-resident Nepalese associations in Australia}“. PRAGYAN A Peer Reviewed Multidisciplinary Journal 3, Nr. 1 (30.01.2021): 19–33. http://dx.doi.org/10.3126/pprmj.v3i1.61655.

Der volle Inhalt der Quelle
Annotation:
मानब विकासको इतिहास भन्नु नै बसाइ सराइको इतिहास हो । बसाइ सराइ भनेको आफ्नो थातथलो छोडेर नया स्थानमा जानु हो । बसाइ सराइका कारण आर्थिक, सामाजिक र राजनैतिक कारणहरु हुन्छन । सन् १९९० पछि नवउदारबाद र भुमण्डलीकरणले गर्दा बसाइ सराइको विगतको भन्दा फरक चरित्र र आयामहरु देखा परेका छन । विगतमा मूलथलो छोडेपछि फर्केर आउने वा सम्र्पकमा रहने चलन ज्यादै कम थियो । हालको वैदेशिक बसाई सराइले कसरी आफ्नो मूलथलो र कर्मथलो जोड्छ भन्ने वारेमा समाजशास्त्रीय बुझाइ कम छ । नेपालको इतिहास हेर्ने हो भने आर्थिक अथवा धार्मिक कार्यको लागि आÇनो देश छोडेर विदेश जाने क्रम ज्यादै पुरानो रहेको पाइन्छ । आजको जस्तो अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, कोरिया जाने चलन प्रायः थिएन । बसाइ सराइ पहाडवाट तराइतिर र भारत तथा म्यानमारसम्म सिमित थियो । हाल करिब ८० लाख नेपाली विदेशमा रहेको अनुमान छ । गैर आवासिय नेपाली सम्वन्धमा नेपाली सामाजिकशास्त्री र समाजशास्त्रीहरुले यस क्षेत्रमा खासै अनुसन्धान गरेको पाइदैन । गैर आवासिय नेपालीहरुले तिनीहरुको जन्मस्थानसंग कसरी निरन्तर संम्पर्कमा रहिरहन्छन भन्ने वारेको बुझाइ ज्यादै कम पाइन्छ । हालैका दिनमा अष्ट्रेलिया जाने र उतै बसोवास गर्ने नेपालीहरुको संख्या दिनानुदिन बढीरहेको छ । गैर आवासिय नेपाली संघका वारेमा पत्रपत्रिका तथा राजनितिक भाषणमा धेरै चलन चल्तीमा आएको भएता पनि यो संघको विधानमा के के कुरा समावेस छन, नेपाल सरकारको कानुनमा गैर आवासिय नेपाली वारेमा के ब्यवस्था छ भन्ने वारे जानकारी कम रहेको छ । यहि विषय वस्तुलाई ध्यानमा राखि प्रस्तुत लेखले अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरु कसरी एक आपसमा आबध्द भई अष्ट्रेलियन नेपालीको पहिचान बनाएका छन् भन्ने वारे प्रकाश पार्नु यस लेखको उद्येश्य रहेको छ । यस अध्ययनको लागि प्राथमिक तथा द्वितियक तथ्यांक संकलन गरिएको छ । लेखक स्वयं अध्ययनका क्रममा अष्ट्रेलियामा बस्दाको अनुभव, अवलोकन तथा अष्ट्रेलियामा बसोवास गर्नेहरुसंगको अन्र्तवार्तामा आधारित छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
13

खनाल Khanal, गोपीकृष्ण Gopi Krishna. „विप्रेषणको दुष्चक्र“. Prashasan: The Nepalese Journal of Public Administration 55, Nr. 1 (05.07.2023): 1–13. http://dx.doi.org/10.3126/prashasan.v55i1.56436.

Der volle Inhalt der Quelle
Annotation:
विदेशमा रहेका नेपाली कामदारले स्वदेशमा आफ्ना परिवारलाई पठाउने रकम अर्थात् विप्रेषण आयको नेपालको दिगो आर्थिक विकासमा गहिरो प्रभाव परेको छ। तत्कालका लागि यसले घर परिवार तहको खर्च आवश्यकता जुटाई आय गरिबी घटाउन, औद्योगिक कच्चा पदार्थ आयातका लागि विदेशी मुद्राको सञ्चिति गर्न योगदान गरेतापनि यसले नेपालको अर्थतन्त्रमा दुरगामी प्रतिकुलता थपेको छ। अधिकांश युवा वाहिर रहेकाले राजनीति र प्रशासनले मिहेनत र त्यागको दबाव झेल्नु परेको छैन। नेपालको सर्वोपरी हितका लागि भने नेपालले यसको दुष्चक्रबाट मुक्त हुनैपर्दछ। यसको दुष्चक्रबाट मुक्त हुन सकिन्छ। तर यसका लागि नेपाली राजनीतिक तथा प्रशासनिक समाजले यथास्थितिबाट धेरै माथि उठेर ठूलै त्याग दिन सक्नुपर्छ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
14

अर्याल Aryal, रमेश Ramesh. „राष्ट्र निर्माणमा नेपाली सेना Rashtra Nirmanma Nepali Sena“. Unity Journal 1 (02.02.2020): 214–19. http://dx.doi.org/10.3126/unityj.v1i0.36080.

Der volle Inhalt der Quelle
Annotation:
लामो गौरवमय इतिहास भएको नेपाली सेना आमनेपाली जनताको साझा राष्ट्रिय सेनाका रुपमा रहेकोछ । संविधान एवम् कानुनप्रदत्त दायित्वहरु निर्वाह गर्नेक्रममा नेपाली सेनाले राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा,विपद् व्यवस्थापन, विकास–निर्माण, पर्यावरण संरक्षण,सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, खेलकुद विकास,कल्याणकारी काम, विश्व शान्ति स्थापना लगायतकाकार्य पूर्ण जिम्मेवारी र कुशलतापूर्वक सम्पादनगर्दै आएको छ । नेपाली सेनाले राष्ट्र निर्माणका हरेकपक्षहरुमा महŒवपूर्ण भूमिका खेली नेपाल सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने दीर्घकालीनसोच सहितको विकासका लक्ष्यलाई पूरा गर्न प्रतिबद्धभएर लागेको छ । राष्ट्र–निर्माणका विविध आयाममानेपाली सेनाको भूमिकालाई थप प्रभावकारी बनाउनकालागि नेपाली सेना आफै“ र अन्य सम्बद्ध निकायहरुलेनेपाली सेनाको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने आवश्यकता छ । यस लेखमा नेपाली सेना, राष्ट्र निर्माणका विभिन्न आयाममा नेपाली सेनाकोभूमिका, नेपाली सेनाको भूमिकालाई थप प्रभावकारी बनाउने उपायहरुका बारेमा चर्चा गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
15

भट्टराई Bhattarai, भवानीशङ्कर Bhawanishankar. „नेपाली धातुमा संस्कृत धातुको प्रभाव {Influence of Sanskrit dhatu on Nepali dhatu}“. Journal of Bhuwanishankar 1, Nr. 1 (12.12.2022): 103–16. http://dx.doi.org/10.3126/jobs.v1i1.49901.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेखमा नेपाली धातुरचनाको संस्कृतस्रोत (तत्सम एवम् तद्भव) बाट नेपाली भाषामा कति धातु प्रयोग हुन आएकारहेछन् ? यस्ता धातुहरू केके रहेछन् भन्ने विषयलाई उठान गरिएको छ । यस क्रममा मुख्यतः नेपाली धातु रचनामा संस्कृतधातुहरूको प्रभाव, संस्कृत र नेपाली धातुमा रहेका समानता तथा असमानतालाई उपस्थापन गरी तिनीहरूबारे विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । यहाँ विषय विश्लेषणको आधार संस्कृतको ‘पाणिनीय धातुपाठ’लाई र नेपालीको चाहिं परम्परागत नेपाली व्याकरणबाट निर्धारित धातुस्वरूप (नु लगाउन मिल्ने धातु) लाई बनाइएको छ । यहाँ यिनै आधारभूमिमा टेकेर तुलनात्मक एवम् वर्णनात्मक विधि–पद्धतिबाट विषय विश्लेषण गरिएको छ । धातुमा विभिन्न प्रत्यय गाँसिएर बन्ने क्रियापदले विभिन्न काल र पक्ष, भाव, वाच्य, ध्रु्रवत्व आदिलाई बताउँछ तसर्थ क्रियाबाट बोध्य अर्थको मूलआधार धातु हो । धातुको यही मूल अर्थमा कालबोधक प्रत्यय थपिँदा कालबोधक क्रिया र भावबोधक प्रत्यय थपिँदा चाहिँ भावबोधक क्रिया बन्दछन् । यसरी नै अन्य क्रियाको संरचना पनि तयार हुन्छ । अतःक्रियाले दिने अर्थ– काल र यसका पक्ष, भाव, वाच्य, ध्रुवत्व आदि मात्रै हुन् । प्रत्ययसँग मिसिनु पूर्वको धातुले निर्धारित अर्थलाई धारण एवम् परिपोषण गर्ने भएकाले धातुको धारण र पोषण अर्थ (धीयतेऽर्थः यस्मिन् स धातुः) सार्थक छ । नेपालीमा प्रयोगरत तत्सम धातुहरूमा खासै समस्या नभए पनि तद्भव धातुहरूमा भने धेरै ठाउँमा संशय देखिन्छ । आंशिक परिवर्तन भएर नेपाली धातु बन्ने क्रममा कतै एउटै संस्कृत धातुबाट अनेकौं तद्भव धातु निर्माण भएको दाबी गरिएको, कतै एउटै संस्कृत धातुबाट एउटामात्र नेपाली धातु बनेको भनिएको, कतै नेपाली धातुको स्वरूपसंग मिल्न खोजेका आधारमा पनि यसको संस्कृत स्रोत यही हो भनेर किट्ने गरिएको लगायतका समानता र निकटता सम्बन्धी विविधता समस्या देखिएका छन् । उदाहरणका रूपमा छाद्, दि, उघार्, दाउ, घुसार्, मिलाउ, चुन्, काट् आदिलाई लिन सकिन्छ । यस्ता धातुमध्ये कतिपयको संस्कृतस्रोत अनुसन्धेय, शङ्कास्पद र विवादित मानिएको छ र पनि यिनीहरूलाई बहुसङ्ख्यकद्वारा तद्भव धातु मान्ने गरिएको छ । नेपालीमा प्रयोग भइरहेका तेस्रो वर्गका धातुहरू अनुकरणमूलका छन्, खनखनाउ, गडगडाउ, थरथराउ, टकटकाउ आदि यसका उदाहरण हुन् । चौथो वर्गका धातु कति आगन्तुक र कति चाहिँ स्रोत पत्ता नलागेका छन्, यिनीहरू मध्येका स्रोत नखुलेका कतिपय धातु प्राकृत र अपभ्रंश स्रोतका हुन् भनी अनुमान गरिएको छ । अटाउ, छाड्, टिक्, ठोक्, ठेल् आदि धातु कुन भाषिक स्रोतबाट आएका हुन् भन्नेबारे अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । घुराउ, लड्खडाउ, गम् (विचार गर्नु, गम्नु अर्थ भएको) जस्ता धातु चाहिं नेपालीमा हिन्दी लगायतका आगन्तुक स्रोतबाट आएका हुन् । यस्ता चार स्रोत (कतै पाँच स्रोतको पनि चर्चा पाइने) का धातुहरूको निर्मितिमा बनेका नेपाली समापिका क्रियाहरूको कुल सङ्ख्या करिब १७ लाख छ भनी अनुसन्धाता लोकमणि पौडेलले क्रियापद (२०७६) नाउँको पुस्तकमा उल्लेख गरेका छन् । नेपाली धातुका स्वरूपमात्र नभएर अर्थ पनि संस्कृत धातुसँग दुरुस्त मिल्ने उदाहरण नेपाली परम्परामा प्रशस्त पाइन्छन् । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै नेपालीमा आइपुग्दा कतिपय धातुका अर्थमा अंशतः परिवर्तन भएका पनि देखिन्छन्, यसरी अर्थादेश, अर्थविस्तार, अर्थसङ्कोच, अर्थोत्कर्षर अर्थापकर्ष भएका नेपाली धातुहरू भाषा तथा वाङ्मयमा धेरै नै प्रयोग अवस्थामा छन् । तसर्थ नेपाली धातुरचनामा संस्कृत धातुहरूको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
16

निरौला, कुलराज. „सँगिनीमा व्यक्त संस्कृति“. Prajna प्रज्ञा 124, Nr. 2 (13.12.2023): 205–10. http://dx.doi.org/10.3126/prajna.v124i2.60604.

Der volle Inhalt der Quelle
Annotation:
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासका कारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदा जोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफू घरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरको टोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
17

पहाडी, ढुण्डिराज. „सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना“. Prajna प्रज्ञा 124, Nr. 2 (13.12.2023): 86–95. http://dx.doi.org/10.3126/prajna.v124i2.60584.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको उच्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहित सत्यमोहन जोशीको राष्ट्ररागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिक नेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोहन जोशीको राष्ट्रचेतको अन्तर्दृष्टि बहुजातीय नेपाली संस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
18

Gautam, Badri Narayan. „Monarchy of Rana Regime Nepal: Brief Discussion राणाकालीन नेपालको राजतन्त्रः संक्षिप्त चर्चा“. Historical Journal 13, Nr. 1 (04.07.2022): 39–47. http://dx.doi.org/10.3126/hj.v13i1.46221.

Der volle Inhalt der Quelle
Annotation:
नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा राज्यलाई आत्मनिर्भर–सम्पन्न राष्ट्र बनाउने सपना देखेका राजा पृथ्वीनारायण शाहले राजा र जनता बिच मेल कायम गरेर देशलाई सम्पूर्ण देशवाशीहरूको साझा सम्पत्ति हो भन्ने भावना जनताको हृदयमा जगाउन सकेकाले नै आफ्नो राज्य विस्तार अभियानलाई नेपाल एकीकरण अभियानमा बदल्न सकेका हुन् । राष्ट्रिय उन्नती, विकास र सुदृढताका लागि राजशक्ति र जनशक्तिको मेल आवश्यक छ भन्ने मान्यताका आधारमा गतिशील भएर अपार जनसमर्थन पाएकाले एकीकरणकर्ताको स्थान पाएका पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले उनको नीतिलाई कायम राख्न सकेनन् । राजा भनेको जनताको रषक एवं हितको संरक्षण गर्ने संस्था प्रमुख हो भन्ने यथार्थ विपरीत उत्रिएका उनीहरूले सत्ता सङ्घर्षको खेलमा लागेर राज्यका महत्त्वपूर्ण भारदारहरूलाई बेवास्ता गरेर चाटुकार–रंगरेलियाका नायकहरूलाई विश्वास गर्ने र पुराना भारदारहरूलाई मृत्युदण्डको सजाय दिनेसम्मका कार्यहरू गरेपछि राजा प्रजाको एकता–विश्वास खण्डित हुन गयो । राज परिवार नै सत्ता खेल–गुटबन्दी र षड्यन्त्रमा लागेपछि बढेको भारदारी षडयन्त्रले राणा शासनको उदय गराएर राजालाई खोपाको देउताको रूपमा पुर्‌याइदियो ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
19

शाक्य Shakya, सौन्दर्यवती Saundaryavati. „पाल्पा, तानसेन क्षेत्रमा बौद्ध–धर्मको ऐतिहासिक विकास र वर्तमान अवस्था :एक अध्ययन {Historical Development and Current Status of Buddhism in Palpa, Tansen Region: A Study}“. HISAN: Journal of History Association of Nepal 8, Nr. 1 (31.12.2022): 123–26. http://dx.doi.org/10.3126/hisan.v8i1.53090.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेख पश्चिम नेपालको पाल्पा जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बी, उनीहरुको ऐतिहासिक विकास र पाल्पा क्षेत्रको परिचयमा आधारित रहेको छ । पाल्पा जिल्लामा मध्यकालमा एक निकै प्रसिद्ध र शक्तिशाली राज्य रहेको थियो । नेपाल एकीकरण पछि त्यो राज्य नेपालमा समाहित भएको थियो । पाल्पा क्षेत्र मगर जातिका मानिसहरुको बाहुल्यता रहेका क्षेत्र हो । तर यस जिल्लाको सदरमुकामा भने नेवार जातिका मानिसहरुको संख्या सबैभन्दा बढी रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने धेरैजसो मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् । यो जिल्ला पर्यटकीय दृष्टिले समेत निकै महत्वको रहेको छ । पाल्पा जिल्ला ढाका टोपी, करुवा जस्ता परम्परागत नेपाली उत्पादनको केन्द्रसमेत रहेको हुँदा यसको महत्व छुट्टै रहेको छ । लेखको उद्देश्य पाल्पा जिल्ला, त्यस जिल्लामा बसोबास गर्ने बौद्धमार्गी र उनीहरुको ऐतिहासिक विकासका बारेमा प्रस्ट पार्नु रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
20

के.सी. K.C., तेजबहादुर Tejbahadur. „नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू“. HISAN: Journal of History Association of Nepal 9, Nr. 1 (31.12.2023): 81–88. http://dx.doi.org/10.3126/hisan.v9i1.64035.

Der volle Inhalt der Quelle
Annotation:
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अवस्थामा रहेका शाह वंशंीय राजा र राणाहरूको निरङ्कुश शासनबाट प्रताडित नेपाली जनतालाई स्वतन्त्र तुल्याउने उद्देश्यका साथ आवश्यकता परे प्राँणको आहुती दिने अठोटका साथ पवित्र धार्मिक ग्रन्थ गीताको कसम खाएर खोलेको त्यो राजनीतिक दलको योगदान नेपालको प्रजातान्त्रिक इतिहासमा अविस्मरणीय रहेको छ । नेपालका सहिदहरूको सूचीमा संस्थापक सदस्यहरू गणेशमान सिहं वाहेक सबैलाई सामेल गरेको यस दलका एकसदस्य गण्ोशमान सिंहले भागेर ज्यान बँचाएका थिए । सस्थापक अध्यक्ष टंकप्रसाद आचार्य ब्राह्मण जातको भएको र त्यस वेलाको धार्मिक मान्यताअनुसार व्राम्ह्णलाई मृत्युदण्ड दिनु महाँपाप मानिने भएकै कारण मृत्युदण्डबाट वच्न सफल भएका थिए । राणाशासनकाल भर उनले कष्टकर जेल जीवन विताएका थिए । उनले मृत्युदण्डको सजाए पाउनेले भन्दा बढी फलामका जंजिर शरीरमा बोकेर कष्टकर जेल जीवन विताएका थिए । प्रजा परिषद्का संस्थापक सदस्यहरू मध्ये राणाहरूको पञ्जावाट फुत्केर गणेशमान सिंह्ले र राणा शासकको पञ्जामै रहेर टंकप्रसाद आचार्यले राणा शासनको अन्त्यको दिन देख्ने अवसर पाएका थिए । तिनै टंकप्रसाद आचार्यले वि.सं.२०१२ साल माघ १३ गतेका दिन नेपालको प्रधानमन्त्रीको पदमा नियुक्त भई सरकार संञ्चालन गर्ने अवसर पाएका थिए । प्रजातन्त्रका हिमायती, ज्यूँदा सहीद, सादगी जीवन तथा उच्च विचारका धनी टंकप्रसाद आचार्यले नेतृत्व गरेको नेपाल प्रजापरिषद्को सरकार प्रति नेपाली जनताको उच्च सम्मान र अपेक्षा रहेको थियो । त्यो समयका नेपालका अन्य राजनैतिक दलहरूको आचार्य मन्त्रीमण्डल प्रति दलीय विमति रहे तापनि प्रत्येक्ष शासनको नाममा राजा महेन्द्रले आफ्नो हातमा लिएको राजनैतिक अधिकार जनताकै प्रतिनिधिहरूको हातमा सुम्पेर बनेकोले त्यो सरकारप्रति आलोचनात्मक समर्थन रहेको थियो । यो सरकारको मुख्य उद्देश्य देशमा आम निर्वाचन सम्पन्न गरी प्रजातन्त्रलाई संस्थागत गर्नु थियो । तर अनुभवहीन राजनैतिक दलहरूकै बीचमा खिचातानी र दलीय स्वार्थका कारण देशमा बढेको अशान्ति र अस्तव्यस्तताले गर्दा त्यो समयमा प्रजातन्त्रको संस्थागत विकास हुन सकिरहेको थिएन । नैतिकता र आदर्शलाई आफ्नो इज्जत सम्झने टंकप्रसाद आचार्यले आम निर्वाचन सम्पन्न गर्न नसक्ने अवस्थाको पूर्वानुमान गरी स्वइच्छाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलका योद्धा टंकप्रसाद आचार्य नेतृत्वको १८ महिने कार्यकालको यो सरकारको नेपालको राजनैतिक इतिहासमा उल्लेखनीय योगदान रहेको छ । यस अध्ययनको उद्देश्य यही टंकप्रसाद आचार्य नेतृत्वको सरकारले आफ्नो राज्य सञ्चालनको छोटो कार्यकालमा अवलम्वन गरेका नयाँ नीतिहरू र ति नीतिहरूले देश विकासमा पारेको दुरगामी सकारात्मक प्रभाव र उपलब्धिहरूमा केन्द्रीत रही तिनै नीतिहरूको विश्लेषण गर्नु रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
21

Niroula, Yagyeswara. „नेपाली शब्दकोशको परम्परामा प्रज्ञा नेपाली बृहत् शब्दकोश {Nepali Dictionary Tradition in Prajya Nepali Brihat Shabda Kosh}“. Nepalese Culture 16, Nr. 1 (11.05.2023): 53–64. http://dx.doi.org/10.3126/nc.v16i1.54127.

Der volle Inhalt der Quelle
Annotation:
मानव जीवनको सम्पूर्ण क्रियाकलाप, चिन्तनमनन तथा अभिव्यक्तिहरूको सबैभन्दा सशक्त माध्यम भाषा हो । भाव तथा विचारको प्रस्फुटन एवम् सञ्चारका क्रममा भाषाले सामाजिक जीवनलाई गतिशील बनाउनुका साथै साहित्य तथा साहित्येतर ज्ञानविज्ञानको उचाइसम्म पु¥याउँने भाषाको अभिव्यक्ति क्षमता शब्दभण्डारको क्षमतामा निर्भर गर्छ । भाषामा भिजेका, खेलेका र रत्तिएका शब्दहरूकै समष्टि शब्दभण्डार हो । भाषाको सञ्चार सामथ्र्यको मापन गर्ने मूल आधार पनि शब्दभण्डार नै हो । शब्द सम्पन्नता र अर्थ वहन गर्ने क्षमताले भाषालाई जीवन्त तुल्याउँछ । शब्दकोश भाषाको शब्दभण्डारको सूचक भएकाले हरेक समृद्ध भाषामा शब्दकोश निर्माण गरिएका हुन्छन् । शब्दकोश भाषा सम्पन्नताको द्योतक पनि हो । आर. एल. टर्नरले नेपाली शब्द प्रविष्टि र अङ्ग्रेजी भाषामा अर्थ लेखिएको ‘नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश’ सन् १९३१ मा प्रकाशन गरे । नेपाली भाषाको शब्दकोश लेख्ने पहिलो नेपाली विद्वान् पुष्कर शमशेर हुन् र उनको ‘अङ्ग्रेजी–नेपाली कोश’ प्रकाशित छ । चक्रपाणि चालिसेका ‘बगली कोश’ र ‘पर्यायवाची कोश’, हृदयचन्द्र सिंह प्रधानको ‘चिह्न परिचय’ र ‘शब्दशुद्धि विचार’, रामचन्द्र ढुङ्गानाको ‘नेपाली कोश’ आदिको प्रकाशनले नेपाली शब्दकोश निर्माणको पद्धति विकास हुँदै गयो । यसै परम्परामा वि.सं. २०१९ मा प्रकाशित बालचन्द्र शर्माको ‘नेपाली शब्दकोश’ को पृष्ठभूमिमा २०४० सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपाली बृहत् शब्दकोश’ प्रकाशन भयो । यसपछि प्रकाशित नेपाली भाषामा ठुला आकारका अरू शब्दकोश वसन्तकुमार शम्र्मा नेपालको ‘नेपाली शब्दसागर’, आर.डी. प्रभास चटौतको ‘डोट्याली बृहत् शब्दकोश’, हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराईको ‘प्रयोगात्मक नेपाली शब्दकोश’, चूडामणि गौतमको ‘बृहत्तर नेपाली शब्दकोश’ र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ उल्लेखनीय छन् । यस अनुसन्धानात्मक लेखमा पुस्तकालयीय पद्धतिबाट हालसम्मकै बृहत् आकारमा रहेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’लाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ र कोशविज्ञानको सैद्धान्तिक पर्याधारमा {Language is the most powerful medium for human activities, expression of thoughts and deep contemplation. To make the social life dynamic, more expressive and meaningful, as well as to extend the horizon of literature and non- literary knowledge in its peak, the storage capability of vocabulary becomes the determinant factor. Lacking of it, lacks what is intended. Vocabulary itself examines communication skill. It is the integrated from of comprehended, played and used words. The efficiency and sufficiency of the word that carries the intended or denoted meaning makes the language alive. As dictionary is the indicator to show the storage of vocabulary, in each rich and rigorous languages dictionary are developed. R.L Turner published a comparative and etymological dictionary of the Nepali language in 1931 with Nepali word entries and English meanings. Puskar Shamsher is the first person who published Nepali- English dictionary. The publication of Chakrapani Chalise's 'Bagali Kosh' and Prayavachi Kosh, Hridaya Singh Pradhan's ‘Chinha Prichaya' and 'Shabdashuddi Bichar', Ramchandra Dhungana's ‘Nepali Kosh, etc., laid the milestones for the system of developing Nepali dictionary. Followed by the tradition mentioned above, and ‘Nepali Shabdakosh’ published by Balchandra Sharma in 2019, Nepal Royal Academy published ‘Nepali Brihat Sabdakosh in 2040 B.S. Then, the other remarkable dictionaries in Nepali language are: Basant Kumar Sharma's 'Nepali Shabdsagar', RD Chataut's 'Dotyali Comprehensive Dictionary', Hemangraj Adhikari and Badribishal Bhattarai's 'Prayogatmak Nepali Shabdakosh', Chudamani Gautam's 'Brihat Nepali Dictionary', and 'Pragy Nepali Brihat Shabdakosh' published by Nepal Academy. In this research article, 'Pragya -Nepali Brihat Shabdakosh ', which is the largest ever, has been used as primary source from the library. And its strong and weak aspects of this dictionary have been analyzed. Lastly, the conclusions have been drawn based on the theoretical framework}.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
22

पोखरेल Pokhrel, शोभा Shova. „जुद्धशमशेरको इतिहास र देवकोटाको योगदान Juddhashamsherko Itihas ra Devkotako yogdan“. Historical Journal 11, Nr. 1 (01.08.2020): 77–83. http://dx.doi.org/10.3126/hj.v11i1.34679.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेखमा एउटा राजनीति व्यक्ति र अर्को साहित्यिक व्यक्तिको चर्चा गरिएको छ । राजनीतिक व्यक्तिमात्यस्तो व्यक्तिको चर्चा गरिएको छ जसको नामसँगै एकतन्त्रीय राणाशासनको अवसान जोडिएको छ । यिनकै समयमानेपालले ठूलो भूकम्पको सामना गर्नु प¥यो । चन्द्रशमशेरका पालमा राणाहरू ए, बि र सि क्लासमा बाँडिए जुद्धशमशेरकापालमा तिनै सि क्लासका राणाले जनतालाई साथ दिएर नेपालमा प्रजातन्त्र ल्याउन सजिलो भयो । नेपालका गौडा–गोश्वाराका विभिन्न विभागमा धेरै रकम बाँकी बक्यौता चलिरहेका थिए यसमा यिनले आम माफी दिए । एकतन्त्रीयनिरंकुश राणाशासन कालका एकजना शासक श्री ३ महाराज जुद्धशमशेरको इतिहास उजागर हुँदैछ भने साहित्यिकव्यक्तिमा नेपाली साहित्यका महाकवि नेपालका एक महान् विभूति, एक बेजोड स्रष्टा, एक करुण महामानव लक्ष्मीप्रसाददेवकोटा जसले नेपाली साहित्यमा पहिलो मौलिक महाकाव्य लेखे, एकै दिनमा खण्डकाव्य लेखे, दश दिनमा महाकाव्यलेखे उनै विभूतिको बारेमा यस लेखमा चर्चा गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
23

रेग्मी Regmi, दीनदयाल Dindayal. „गण्डकी क्षेत्रमा प्रचलित लोकनाच {Folk Dance Popular in Gandaki Region}“. Patan Pragya 8, Nr. 01 (31.12.2021): 237–43. http://dx.doi.org/10.3126/pragya.v8i01.42450.

Der volle Inhalt der Quelle
Annotation:
नेपाल लोकसंस्कृतिले सम्पन्न देशहरूमध्येको एउटा देश हो । नेपालमा आआप्नै संस्कृतिलाईआत्मसात गर्दै जीवन बिताएका धेरै जाति तथा समुदाय र विविध भाषाभाषीहरूको बसोवास रहेको छ ।हिमाल, पहाड र तराईले सुसज्जित भएको यस देशमा भौगोलिक विविधता रहेको छ । यहाँका प्रत्येकजात, जाति तथा समुदायका आआप्नै प्रकारका फरकफरक लोकसंस्कृति छन् । यहाँका हिमाली, पहाडीर तराई क्षेत्रमा बसोवास गर्नेहरूका संस्कृति एकअर्का ठाउँका व्यक्तिलाई नौला खालका अनुभव हुन्छन् ।पहाडी क्षेत्रमा पनि एउटा क्षेत्र, जिल्ला, भेक तथा गाउँका संस्कृतिमा पनि विविधता पाइन्छ । तीविविधताभित्र देखापर्ने नेपाली लोकसंस्कृतिको एउटा महत्त्वपूर्ण स्थल नेपालको गण्डकी क्षेत्र पनि हो ।यस क्षेत्रमा भएका समग्र लोकसंस्कृतिको आफ्नै महत्त्व हुँदा हुँदै पनि यस क्षेत्रमा प्रचलित लोकनृत्यलाईमात्रै यहाँ चर्चा गर्न खोजिएको छ । उद्देश्य प्राप्त गर्नका लागि स्थलगत र पुस्तकालयीय अध्ययनपद्धतिअवलम्बन गर्दै प्राप्त भएका तथ्यलाई यहाँ विभिन्न बु्ँदामा समेटी प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
24

रमेश Ramesh प्रभात Prabhat. „किसानप्रेमीको ‘चेतना’ खण्डकाव्यमा प्रतिध्वनित दलित चेतना [Dalit consciousness echoed in the ‘consciousness’ fragment of Kisanpremi]“. BMC Journal of Scientific Research 4, Nr. 1 (31.12.2021): 106–14. http://dx.doi.org/10.3126/bmcjsr.v4i1.42274.

Der volle Inhalt der Quelle
Annotation:
किसानप्रेमी (२०१९) नेपाली कविताकाव्यका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । आफू स्वयम् उत्पीडित वर्गमा जन्मी हुर्किएका हुनाल उनका रचनामा उत्पीडनको स्वर तीब्र रूपमा मुखरित भएको पाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य भएको नेपाली समाजमा दलितका नाममा निकै विभेद हुने गरेको भेटिन्छ । मूलतः दलित भनिएको सम्प्रदाय नेपाली समाजका प्रायः सबै भूगोल र परिवेशमा पाइन्छ । नेपालका मधेस, पहाड, हिमाल र राजधानी सहरका रूपमा परिचित काठमाडौँ उपत्यकामा समेत दलितहरूका उपस्थिति, अस्तित्व र पहिचान फेला पार्न सकिन्छ । दलितले भोग्नु परेका अवस्था र दलनका विरुद्ध उठ्ने प्रतिरोधी भावना न वास्तवमा दलित चेतना हो । समाजमा जहिलेदेखि दलनको सुरुवात भयो, त्यतिबेलादेखि नै दलनका विरुद्ध आवाज उठ्ने गरेका भए पनि त्यो आवाज सम्बन्धित निकायसम्म पुग्न नसकेकाले त्यत्तिकै बिलाएको थियो । नेपालमा दलनविरुद्ध छिटफुट रूपमा उठ्ने गरेको त्यस्ता आवाज वि.सं. २०६४ मा गणतन्त्र आएपछि भने निकै सशक्ततापूर्वक अगाडि बढेको पाइन्छ । हिजोआज मानव मानवका बीचमा जातका आधारमा हुने छुवाछुतजस्ता भेदभावजन्य व्यवहार विरुद्धको आवाज बुलन्द हुन थालेको छ । कवि किसानप्रेमीको चेतना खण्डकाव्य पनि नेपाली समाजका यस्तै दलितका पक्षमा आवाज उठाउँदै रचित मानवतावादी खण्डकाव्य हो । यसर्थ यहाँ दलित चेतनालाई आधार बनाएर उक्त खण्डकाव्यको विश्लेषण गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
25

पौड्याल Poudyal, षडानन्द Shadananda. „आधुनिक नेपाली कथा : मोड र प्रवृत्ति Aadhunik Nepali Katha : Mod ra Prabritti“. Interdisciplinary Journal of Management and Social Sciences 1, Nr. 1 (01.10.2020): 209–22. http://dx.doi.org/10.3126/ijmss.v1i1.34657.

Der volle Inhalt der Quelle
Annotation:
(आधुनिक नेपाली कथा लेखनको प्रारम्भ भएको समयदेखि वर्तमान समयसम्म विभिन्न मोड र प्रवृत्तिविकसित भएको पाइन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा भाषिक क्षेत्रमा भएकाअनेक परिवर्तनका कारकलाई आधुनिक नेपाली कथाले प्रतिबिम्ब स्वीकार गरेको समयमा कथा सिर्जनाकोसीमारेखा निर्धारण भएको छ । यस प्रकारको सीमारेखा नै आधुनिक नेपाली कथाको मोड र प्रवृत्ति प्रकटहुने कारण बनेको छ । यसैले परिवर्तित मानकका छायापरिमण्डललाई अवलम्बन गरी नेपाली कथालेखिएको हुनाले आधुनिक नेपाली कथामा अनेक मोड र प्रवृत्ति स्थापना भएका छन् । नेपाली कथालेअवलम्बन गरेका मूल प्रवृत्तिलाई अध्ययन प्रयोजन स्वीकार गर्दा यसमा कालक्रमिक दृष्टिले मोड सिर्जनागर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिजन्य कारण के कस्ता थिए र के कस्ता मोड र प्रवृत्ति प्रकटभए ? कालक्रमिक विश्लेषण विधिको उपयोग गरी आधुनिक नेपाली कथामा मोड र प्रवृत्ति पहिचान गर्नेअभीष्ट यस लेखमा राखिएको छ ।)
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
26

सुवेदी, धनप्रसाद. „समकालीन नेपाली कवितामा जनजातीय बिम्ब“. Cognition 3, Nr. 1 (30.01.2021): 144–58. http://dx.doi.org/10.3126/cognition.v3i1.55671.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत आलेख पछिल्लो दशकका नेपाली कवितामा प्रयुक्त बिम्बहरूको अध्ययनसँग सम्बन्धित छ । पछिल्लो दशकमा प्रकाशित केही कविता कृतिका साक्ष्यमा नेपाली कवितामा जनजातीय बिम्बहरूको प्रयोग के कस्तो छ भन्ने विषयको खोजी यसमा गरिएको छ । नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भए पनि नेपाली कविताले त्यो विविधतालाई बिम्बात्मक रुपमा प्रतिबिम्बन गर्न नसकेको अवस्थामा पछिल्लो दशकका नेपाली कवितामा त्यो सीमा तोडिएको छ र नेपाली कविताको दायरा फराकिलो भएको छ । पछिल्लो दशक खास गरेर २०६२/०६३ सालपछिका नेपाली कवितामा नेपालका विभिन्न जाति, जनजातिका सांस्कृतिक बिम्ब र मिथकहरूको प्रयोग हुन थालेको छ । यस क्रममा जनजातीय संस्कृति, इतिहास, मिथक आदिलाई नेपाली कवितामा बिम्बका रुपमा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । नेपाली राजनीति, समाज, संस्कृति, साहित्य आदि क्षेत्रमा रहेको जातीय विभेद, असमानताको विरोध गर्ने, इतिहासको पुनर्लेखन गर्ने तथा जनजातीय भाषा, संस्कृति, इतिहासप्रति गौरवबोध गर्दै जनजातीय सभ्यताको पुनर्जागरणका लागि आह्वान गर्ने प्रयोजनका लागि जनजातीय बिम्बहरूको प्रयोग भएको देखिन्छ । यस्तो प्रयोगबाट नेपाली कविता मौलिक र विशिष्ट बन्दै गएका छन् भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
27

पोखरेल, अर्जुन प्रसाद. „नेपाली राजनीतिमा वी.पी.कोइराला र उनको दर्शन, समिक्षात्मक अध्ययन“. Voice: A Biannual & Bilingual Journal 15, Nr. 2 (31.12.2023): 134–41. http://dx.doi.org/10.3126/voice.v15i2.61457.

Der volle Inhalt der Quelle
Annotation:
विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रख्यात राजनीतीक नेता तथा विचारक थिए । नेपालको राजनीतिक परिवेश निर्माणमा उनको महत्वपूर्ण भूमिका रह्यो । कोइराला प्रजातान्त्रिक समाजवादका कट्टर पक्षधर थिए, जुन एक राजनीतिक विचारधारा हो जसले उत्पादनका साधनको सामाजिक स्वामित्वमा लोकतन्त्रका सिद्धान्तहरू जोड्न खोज्छ । बी.पी. कोइरालाले सामाजिक–आर्थिक समानताको आवश्यकतामा जोड दिँदै यो लक्ष्य हासिल गर्न लोकतान्त्रिक सिद्धान्तको प्रयोगमा विश्वास व्यक्त गरे । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिकदल नेपाली कांग्रेसको स्थापनामा उहाँ प्रमुख व्यक्तित्व थिए । कोइरालाको लोकतान्त्रिक समाजवादी विचारले समाजमा व्याप्त सामाजिक–आर्थिक असमानतालाई लोकतान्त्रिक माध्यमबाट सम्बोधन गर्ने लक्ष्य राखेको थियो । उनको विचारले नेपालको राजनीतिक परिस्थितीलाई प्रभाव पारेको थियो र उनले एक पटक नेपालको प्रधानमन्त्री भइ अल्पकालीन समय सरकार सञ्चालन समेत गरिसकेका थिए । बी.पी. कोइरालाको विरासतमा नेपालको राजनीतिको सन्दर्भमा लोकतन्त्र, सामाजिक न्याय र आर्थिक समानताको प्रवद्र्धन गर्ने प्रयासहरू समावेश छन् ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
28

मरासिनी, गोविन्द. „विपद्मा नागरिकहरूको साथी नेपाली सेना“. Unity Journal 5, Nr. 1 (25.03.2024): 393–410. http://dx.doi.org/10.3126/unityj.v5i1.63199.

Der volle Inhalt der Quelle
Annotation:
राष्ट्रकै गौरवशाली संगठनमध्ये सबैभन्दा पुरानो संस्था हो, नेपाली सेना । स्थापनाकालदेखि नै नेपाली सेनाले नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीय योगदान पुर्‍याउँदै आएको छ । परिवर्तनका विभिन्न समयमा लोकतन्त्रको पक्षमा उभिएको सेना पटक–पटक लोकतन्त्रको रक्षाका लागि लड्यो भने भविष्यमा पनि लडिरहने दृढ संकल्पसाथ अगाडि बढिरहेको छ । देश र जनताका लागि आइपर्ने सुरक्षा–चुनौतीलाई सम्बोधन गर्नका लागि सक्षम र तयारी अवस्थामा सदैव नेपाली सेना रहेको छ । सेनाले राष्ट्र र जनतालाई हुने वाहृय आक्रमणबाट रक्षा मात्र नभई आन्तरिक सुरक्षा, राष्ट्रिय विकास, अन्तराष्ट्रिय स्तरमा शान्तिस्थापनामा र नेपालीहरूका हरेक आपत् विपद्मा समेत मलम लगाउँदैं आएको इतिहास हाम्रा सामु छर्लङ्ग छ । जनताका हरेक सवालमा अग्रस्थानमा देखिएको नेपाली सेनाले विपद् व्यवस्थापनमा समेत उल्लेखनीय योगदान पुर्‍याएको छ । यस लेखमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विपद् व्यवस्थापनमा के–कस्तो योगदान पुर्‍याएको छ ? भन्ने बिषयहरु उजागर गरिएको छ । संविधानले दिएको अधिकारको भरपुर उपयोग गर्दै रातदिन देश र जनताको सेवामा तल्लीन कर्मठ संगठन नेपाली सेनाले विपद् व्यवस्थापनमा पुर्‍याएको योगदान, भूमिका, विभिन्न ऐन, नियम र कानुनले नेपाली सेनालाई दिएका अधिकारका विषयमा केन्द्रित भई परिमाणात्मक र गुणात्मक (मिश्रित) अनुसन्धान विधि प्रयोग गरी लेख तयार गरिएको छ । साथै विपद् व्यवस्थापनका क्रममा नेपाली सेनाले भोगेका अनुभव, भोगाइ र समस्याहरूलाई समेत चर्चा गर्ने प्रयास गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
29

गुरागाईँ Guragain, यज्ञप्रसाद Yagyaprasad. „नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan“. Dristikon: A Multidisciplinary Journal 10, Nr. 1 (31.12.2020): 361–71. http://dx.doi.org/10.3126/dristikon.v10i1.34598.

Der volle Inhalt der Quelle
Annotation:
यस लेखमा नेपालमा बोलिने नेपालको मुख्य भाषा नेपाली र धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा बसोवासगर्दै आएका आठपहरिया जातिको आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।सङ्गति व्यवस्था भन्नाले कर्ता र क्रियाबीचको, विशेषण र विशेष्यबीचको, नाम र सर्वनामबीचको, कोटिकर रअन्य शब्दका बिचको तथा क्रियोयोगी र क्रियाबीचको मेललाई बुझिन्छ । हरेक भाषाका आआफ्नै व्यवस्था हुनेभएकाले यी दुई भाषाका बीचमा के कस्तो सङ्गति व्यवस्था रहेको छ भन्ने प्रश्नको समाधान यहाँ खोजिएको छ ।तसर्थ यहाँ उक्त भाषाहरूका बीचमा भएको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरी निचोड प्रस्तुत गर्नु यसलेखको उद्देश्य रहेको छ । यस अध्ययनबाट नेपाली भाषा र आठपहरिया भाषाको तुलनात्मक स्थिति बुझ्न चाहने रनेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थी तथा तिनका शिक्षकहरूलाई लाभ पुग्न सक्छ । यस लेखमाधनकुटा जिल्लालाई अध्ययनको क्षेत्र बनाइएको छ । प्रश्नावली तथा अन्तर्वार्ताका माध्यमबाट सङ्कलन गरिएकासामग्रीहरूलाई प्राथमिक सामग्री र व्याकरणका पुस्तक, शब्दकोश, पत्रपत्रिका आदिबाट सङ्कलन गरिएकासामग्रीहरूलाई द्वितीय सामग्री मानी तुलनात्मक विधिबाट तिनको प्रस्तुतीकरण गरिएको छ । तथ्याङ्ककोविश्लेषणबाट यी दुवै भाषाबीच केही समानता र केही भिन्नताहरू पाइएका छन् । खासगरी दुवै भाषामा वचनगतसमानतामा साथै समयवाचक क्रियायोगी र क्रियाबीच तथा कोटिकर र अन्य शब्दका बीचको समानताको अवस्थाफेला पार्न सकिन्छ । आठपहरिया भाषामा नेपाली भाषामा जस्तो विशेषण र क्रियापदका लिङ्गभेदक रूपहरू छैनन्अनि नाम, सर्वनाम, विशेषण र क्रियापदका आदरभेदक रूपहरू पनि पाइँदैनन् । तसर्थ लिङ्ग तथा आदरकाआधारमा आठपहरिया भाषामा नेपाली भाषामा जस्तो सङ्गति व्यवस्था पाउन सकिँदैन । फेरि आठपहरिया भाषामाद्विवचनको व्यवस्था भएकोले द्विवचन कर्ता अनुसार क्रिया निर्धारण हुनुका साथै कर्म तथा स्थानवाचक क्रियायोगीलेक्रिया निर्धारण गरी विशेष सङ्गति व्यवस्था कायम गरेको छ । यस्तो व्यवस्था नेपाली भाषामा पाइँदैन ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
30

घोडासैनी Ghodasaini, खगेन्द्र Khagendra. „कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपाली भाषाको मानकीकरणको कार्यदिशा (Karnali and Sudurpaschim Regional Nepali Language Standardization Work Direction)“. KMC Journal 5, Nr. 2 (01.09.2023): 340–61. http://dx.doi.org/10.3126/kmcj.v5i2.58250.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अध्ययन कर्णाली र सुदूरपश्चिम प्रदेशमा बोलिने नेपाली भाषाको मानकीकरणको कार्यदिशा निर्माण गर्नमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपालीका भेदलाई मानकीकरण गरी भाषिक एकता कायम गराउने कार्यदिशा निर्माण गर्ने उद्देश्य र ‘यी प्रदेशका नेपाली भाषाको मानकीकरण के कसरी सम्भव छ त ढाँचाको लेख बन्न गएको छ । यी प्रदेशमा बोलिने भाषिका समूहलाई पश्चिमी भाषिका समूह, केन्द्रीय भाषिका समूह र भेरी क्षेत्रीय भाषिका समूह गरी मुख्य तीन भाषिका समूहमा विभाजन गरेर अध्ययन गरिएको प्रस्तुत पङ्तिकारको पूर्वाध्ययन र यस क्षेत्रलाई आधार बनाएर गरिएका पूर्वाध्ययनहरूलाई आधार मानी यिनको मानकीकरणका उपायहरू सुझाउने काम गरिएको छ । प्रायोगिक भाषाविज्ञानअन्तर्गतको भाषायोजनाभित्र पर्ने मानकीकरणको सिद्धान्तलाई यस लेखमा सैद्धान्तिक पर्याधार बनाइएको छ । प्रत्येक भाषाको मानकीकरण गर्न उक्त भाषाको अत्यधिक प्रयोगमा जोड दिनुपर्छ। भाषाको जति धेरै प्रयोग हुन्छ त्यति नै त्यसले जीवन्त अवस्था प्राप्त गर्छ । भाषाको प्रयोग शिक्षा, सञ्चार, साहित्य, प्रशासन, कानुन, उद्योग आदि विविध क्षेत्रमा हुन्छ । यसका लागि कोश र व्याकरण निर्माणसँगै पत्रिकाहरूको प्रकाशन हुनुपर्छ । भाषिक भेद भिन्न भए भाषा नै भिन्न हुन्छ अन्यथा सोही भाषाको क्षेत्रीय भेद हुन्छ तर नेपालका सन्दर्भमा पुर्बेली पनि भाषिका नै हो तर त्यसले मानकस्वरूप प्राप्त गरेको छ । जबकि नेपाली भाषाको उत्पत्ति कर्णाली र सुदूरपश्चिम प्रदेशमै भएको हो । भाषाको उत्पत्ति भएकै ठाउँमा बोलिने भाषाचाहिँ भाषिका तर सुदूरपूर्वमा बोलिने नेपालीचाहिँ भाषा भएको अवस्था छ । कर्णाली र सुदूर पश्चिम प्रदेशमा बोलिने नेपाली मानक नहुनाको प्रमुख कारण प्रयोगकै अभाव हो, नेपाली भाषाको प्रयोग गर्दाकै अवस्थामा यसको प्रयोगमा जोड दिएमा यस क्षेत्रको भाषालाई मानकीकरण गर्न सकिन्छ भन्ने सार यस लेखमा निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
31

न्यौपाने, नारायण प्रसाद. „नेपालको गौरव : खेलकुदमा सेना {Pride of Nepal: Army in Sports}“. Unity Journal 3, Nr. 01 (06.03.2022): 375–88. http://dx.doi.org/10.3126/unityj.v3i01.43339.

Der volle Inhalt der Quelle
Annotation:
खेलकुद आधुनिक समाजको अभिन्न अङ्ग हो। व्यक्ति, समाज र समुदायलाई अनुशासित र स्वस्थ्य बनाउन मद्दत गर्ने खेलकुदको विकासलाई अहिले देश विकासकै प्रमाणका रूपमा हेरिन्छ। पछिल्लो समयमा नेपाली खेलकुदका थुप्रै विधामा अग्रपङ्क्तिमा रहेर देशको गौरव बनेको नेपाली सेनाले यो अवस्थामा आइपुग्न थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको छ । समस्या कथन: नेपालको खेलकुद विकासमा सेनाको योगदान कस्तो छ र कसरी ऊ यो अवस्थामा पुग्यो भन्ने मूल प्रश्नको खोजीमा यो अनुसन्धान केन्द्रित छ । उद्देश्य: नेपालको खेलकुदमा सेनाको सहभागिता र यसको विकासमा उसले पुर्याएको योगदानको अन्वेषण गर्नु यस शोधको उद्देश्य हो । अनुसन्धान विधि: यसमा मूलत: गुणात्मक अनुसन्धान विधिको अनुसरण गरिएको छ । उपलब्ध प्रकाशित वा अप्रकाशित कृतिबाट प्राप्त माध्यमिक तथ्य वा आंकडाको विश्लेषण यो शोधको निष्कर्शका आधार हो । अनुसन्धान सीमा: यस अध्ययनले नेपालको खेलकुद र सेनाको सहभागिताको इतिहासलाई प्रस्तुत गरेको छ । कुनै खेलविशेषको इतिहासलाई यसले सम्बोधन गर्दैन । व्याख्या र विश्लेषण: वि सं २००७ अघि केही घरानिया सौखिन युवाहरूको प्रयास, सोख र रहरमा सीमित नेपालको खेलकुदले त्यसको लगत्तैपछि बामे सर्न सुरु गरे पनि २०१५ सालपछि भने खुट्टा चलाउन सुरु गरेको हो। औपचारिक नीति, नियम, प्रशिक्षण र प्रयासहरू झाङ्गिदै जाँदा नेपाली सेनाले देशको यस प्रयासमा आफ्नोतर्फबाट योगदान गर्न सुरु गर्यो । आफ्नै छुट्टै खेल मैदान निर्माण, देशका प्रख्यात र युवा खेलाडीहरूलाई अनुबन्ध, आफ्ना खेलाडीलाई विभिन्न खेल विधामा ख्याति प्राप्त प्रशिक्षकमार्फत नियमित अभ्यासका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सेनाको यस प्रयासका प्रामाणिक उदाहरण हुन् । सेनाको त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघको क्लब लाइसेन्स पाउन सफल हुनु नेपालको फुटबलमा एउटा महत्वपूर्ण उपलब्धि हो । सेनाले देशभरका प्रतिभावान खेलाडीको पहिचान गरी तिनको प्रतिभा निखारेर देशले गौरव गर्ने जनशक्ति निर्माणमा योगदान गर्न सक्छ । अनुसन्धानको गठन: प्रारम्भमा अनुसन्धानको विषयको पृष्ठभूमि, उद्देश्य, समस्याकथन र अनुसन्धान विधि सहितको संक्षिप्त परिचय र तत्पश्चात उपलब्ध सान्दर्भिक कृतिहरुका उद्धरण रहेको यस अनुसन्धान प्रतिवेदनको तेस्रो खण्डमा प्राप्त तथ्यहरुको विश्लेषण गरिएको छ । यस खण्डको प्रारम्भमा नेपालमा खेलकुदको विकासको इतिहास र खेलकुदको सस्थागत विकासदको चर्चा गरिएको छ भने त्यसपछिका भागहरुमा खेलकुद विकासमा नेपाली सेनाको सहभागिता र योगदानबारे विस्तारमा व्याख्या र विश्लेषण गरिएको छ । अन्त्यमा, चौथो खण्डमा अनुसन्धानबाट प्राप्त निष्कर्षलाईसंक्षेपमा प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
32

गौतम, वासुदेव. „नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना“. Pragyaratna प्रज्ञारत्न 6, Nr. 1 (08.04.2024): 96–109. http://dx.doi.org/10.3126/pragyaratna.v6i1.64541.

Der volle Inhalt der Quelle
Annotation:
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भारोपेली भाषा परिवारे एक हो । यसै परिवारभित्र बोलिने भाषा हो माझी भाषा । यो भाषाका बक्ताहरु वि.सं. २०७८ सालको जनगणनाअनुसार करिब १० हजार अर्थात् ०.०१२ प्रतिशत छन् । यो भाषाका वक्ताहरु विभिन्न नदीका किनारमा छरिएर बसेबास गर्दै आएका छन् । यिनीहरु माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । माझीहरुले बोल्ने भाषा भएकाले यो भाषाको नाम माझी भाषा रहेको छ । यो भाषा पिछडिएको भाषाको वर्गमा पर्दछ । त्यसैले यो भाषाको बारेमा कँही कतैबाट खोज अनुसन्धान भएको पाइँदैन । यसैकारणले यस्तो पिछडिएको भाषाको अध्ययन अनुसन्धान गर्नु नै यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । नेपाली र माझी भाषाको व्याकरणात्मक कोटिको तुलनात्मक अध्ययन गर्दा लिङ्ग, वचन, पुरुष, काल, पक्ष सबैमा व्यतिरेकी पाइन्छ ।माझी भाषामा पनि आफ्नै किसिमको व्याकरण व्यवस्था रहेको कुरा नै प्रस्तुत अध्ययनको प्राप्ति हो । यो प्राप्ति गर्नको लागि प्राथमिक स्रोत र द्वितीयक स्रोतलाई अध्ययनको विधि बनाइएको छ । प्रस्तुत अध्ययनले दोस्रो भाषाको रुपमा नेपाली भाषा शिक्षण गर्दा महत्वपूर्ण सहयोग पुर्याउँदछ । माझी भाषाको व्याकरण व्यवस्थाका आधारमा विमातृभाषी शिक्षकले माझी भाषाका वक्ताहरुको लागि नेपाली भाषा शिक्षण गर्दा यो अध्ययनले महत्वपूर्ण टेवा पुर्याउँने कुरामा आशा गर्न सकिन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
33

थापा Thapa, दिब्या श्री Dibya Shree. „नेपाली नदी प्रणाली तथा गढी, किल्ला : एक सामरिक महत्व (Nepali river system and fortress, fort: a strategic importance)“. Unity Journal 3, Nr. 01 (06.03.2022): 331–49. http://dx.doi.org/10.3126/unityj.v3i01.43336.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत आलेख ‘नेपाली नदी प्रणाली तथा गढी, किल्ला: एक सामरिक महत्त्व’ शीर्षकमा केन्द्रित रही प्रकाश पार्नु यसको उद्देश्य हो । यो लेखको विश्लेषणको मूल आधार वर्णनात्मक र तुलनात्मक पद्धति हो । यो लेखलाई पुरा गर्ने अन्य थप आधारहरु गुणात्मक, विवरणात्मक तथा विश्लेषणात्मक र अवलोकनात्मक विधि हुन् । राष्ट्रिय हित प्रबर्धनमा केन्द्रित रहनु यो लेखको दृष्टिगत मूल्य रहेको छ । भूपरिवेष्ठित राष्ट्र नेपाल समुद्रबाट वञ्चित भएपनि नदी नालाहरुको प्रचुरतायुक्त भूराजनीतिक स्वरुपमा अवस्थित सामरिक गढी, किल्लाहरु परस्परमा अन्र्तनीहित रही राष्ट्रिय सुरक्षा, स्वतन्त्रताका लागि महत्त्वपूर्ण योगदान दिंदैआएका छन् । चिनियां छिङ्हाइ–तिब्बती पठार वरपरको हिमालयन ग्लेसियर, कुनलुन हिमालय क्षेत्र तथा मानसरोवर वरपरको जलभण्डारले विश्व जनसंख्याको करीब ४० प्रतिशत शुद्ध पिउने पानी उपलब्ध गराउंदै आएको छ । त्यसैको दक्षिणमा अवस्थित हिमाली, पहाडी जलपकड क्षेत्रबाट उद्गमित ६ हजारभन्दा बढी नदीनालाहरु, करीब १५० भन्दाबढी मुख्य गढी किल्लाहरुले नेपालका लागि आन्तरिक तथा बाह्य शक्तिविरुद्ध सामरिक प्रतिरक्षा गर्दैआएका छन् । यसरी गढी, किल्लाहरुको महत्त्वसंगै तुलनात्मक रुपमा जलपकड क्षेत्रले राष्ट्रिय सुरक्षा प्रबर्धनमा थप सहयोग पुर्‍याउंदै आएको तथ्य तथ्यांकहरुमाथि ध्यानाकर्षण भएको छ । अत: नदीप्रणाली तथा गढी किल्लाहरुको एकीकृत संरचनाले देशको भौगोलिक, सामरिक, प्रशासनिक सीमाङ्कनको स्वरुप निर्धारण गरी राष्ट्रिय हित संरक्षण गर्दै आएको छ । यसरी तुलनात्मक, आगनात्मक एवम् निगनात्मक विधिको सम्मिश्रणबाट प्राप्त विश्लेषणात्मक सार अनुसार नेपाल सरहद्भित्रका नदीप्रणाली र तिनका मुहानहरु तथा जलपकड क्षेत्रको प्रतिरक्षार्थ नेपाली गढी, किल्लाहरुसंगै नजिक नजिकका दूरीमा अत्याधुनिक सुविधासम्पन्न वैज्ञानिक वंकर्स् संरचनाहरु निर्माण गर्न आवश्यक रहेको यस आलेखको निष्कर्ष छ । यसले नेपाली सेनाको ‘३+१’ अवधारणाको रणनीतिक उद्देश्यलाई सफल बनाउन थप सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
34

निरौला Niraula, यज्ञेश्वर Yagyeshwar. „नेपाली भाषा र राष्ट्रियता {Nepali Language and Nationality}“. AMC Journal 3, Nr. 1 (23.08.2022): 15–28. http://dx.doi.org/10.3126/amcj.v3i1.45452.

Der volle Inhalt der Quelle
Annotation:
सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यता प्राप्त राष्ट्रभाषा हो । यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाहरूका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षणप्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, मेलापात आदि क्षेत्रमा विभिन्न गतिविधिहरू हुने गर्छन् । यस अनुसन्धानमूलक लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाको परिचय दिनुका साथैनेपालमा नेपाली भाषाको अवस्था र नेपाली भाषालाई नै यहाँका सबै जातजातिका व्यक्तिहरूले सम्पर्कभाषाका रूपमा प्रयोग गर्ने आधारहरू उल्लेख गरिएको छ । साझा सम्पर्क भाषा र प्रकार्यात्मकअवस्थामा रहेको नेपाली भाषालाई नै प्राथमिक सामग्री बनाई राष्ट्रभाषा र साझा सम्पर्क भाषाका मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यस शोध लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषाले सबै जातजाति र भाषाभाषीलाई एकताको सूत्रमा उनेर राष्ट्रिय एकताको महत्वपूर्ण कडीको भूमिका निर्वाह गरिरहेको निष्कर्ष निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
35

थापा, बाबुरामसिंह. „माथरसिंह थापाकाे राजकाज“. Voice of History 31, Nr. 1 (20.04.2023): 116–25. http://dx.doi.org/10.3126/voh.v31i1.53818.

Der volle Inhalt der Quelle
Annotation:
आधुनिक नेपालको निर्माणमा राजा पृथ्वीनारायण शाहको अतुलनीय भूमिका रहेको छ । राज्यहरुको बिघटनले विभिन्न राज्यमा विभक्त नेपाली भू–भागलाई एकीकृत गरी सार्वभौम राष्ट्र बनाउने सपनासंगै राजशक्ति र जनशक्तिको मेल गराई, नेपालको एकीकरण अभियान सम्पन्न गर्ने इच्छा राखेर अघि बढेका पृथ्वीनारायण शाहका उत्तराधिकारीले दिव्य उपदेशको शाश्वत नीतिलाई कार्यान्वयन गर्न सकेनन् । यिनको मृत्युपछि सत्ता संघर्षको खेलमा लागेर भाई–भारदार बीच काटमारको स्थिति उत्पन्न भयो । तात्कालिन राजा राजेन्द्र विक्रम शाहको राजकाज क्षमतामा कमी, महारानी राज्यलक्ष्मीको छोरालाई राजा बनाउने षड्यंत्रले राजकाज सही दिशामा चल्न सकेन । देशको स्थिति बिषम रहेको बेला माथवरसिंह थापाले सुदृढ प्रशासन दिने प्रयास गरे तर उनको हत्या भयो । भारादारहरुबीच सत्ता संघर्षको बिगबिगी र अंग्रेज रेसिडेन्टको कुटनीतिले दरबार झनै भाँडियो । राजा राजेन्द्र विक्रम शाह र बडा महारानी साम्राज्यलक्ष्मी देवी बीचको मत–मतान्तरले राजकाज सहज बनेन । यिनी पछि रानी राज्यलक्ष्मी देवीको समयमा नेपाल फर्किएका माथवरसिंह थापाको असामयिक हत्या पछि एक आपसमा घात–प्रतिघात र षड्यंत्रको भुमरीमा फँसेर नेपालले १०४ वर्षसम्म निरंकुश राणा शासन बेहोर्न वाध्य भयो । यस लेखमा वि.सं. १९०१ साल फागुन ४ मा प्राइम मिनिष्टर र कला बहादुरको खिताब पाएका माथवरसिहको छोटो समयको राजकाजको विश्लेषण गर्ने र यसका लागि गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी (Qualitative research) तात्कालिन नेपालको राजकाजको यथार्थ स्थिति बारे प्रकाश पारिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
36

कार्की karki, ज्ञानबहादुर Gyanbahadur. „सहिष्णुतावादी नेपाली समाज र यसका चुनौतीहरू Sahishnutavadi Nepali Samaj ra Yaska Chunautiharu“. Unity Journal 1 (02.02.2020): 239–46. http://dx.doi.org/10.3126/unityj.v1i0.36121.

Der volle Inhalt der Quelle
Annotation:
विश्वका प्राचीन देशहरूमध्येको देश नेपाल र नेपालीसमाजको निर्माणको इतिहास हजारौ“ वर्षको रहेको छ । मूलतः नेपाली समाजको निर्माणमा खस–आर्य तथामङ्गोल समुदायका मानिसहरूको विशेष भूमिका छ । ईसापूर्व सयौ“ वर्ष अगाडि नै नेपाली समाजका अनेकौ“जातजातिका मानिसहरूका पुर्खा मूलतः नेपालकाछिमेकी मुलुकहरू चीन र भारततर्फबाट नेपाल प्रवेशगरेका हुन् । बसाइ“–सराइ तथा छिमेकी मुलुकहरूमाभएका राजनीतिक–सामाजिक सङ्घर्ष आदिको परिणामपनि विभिन्न जातिका मानिसहरू नेपाल प्रवेशगरेका छन् जसका कारण नेपाल विविध जातजातिकामानिसहरूको सङ्गमस्थल बनेको छ । त्यसैले विविध जातजातिका मानिसहरू आ–आºना धर्म–संस्कृति निर्वाधरूपमा मान्दै एकआपसमा मिलजुल गरी हजारौ“ वर्षदेखियहा“ बसिरहेका छन् । यहा“ कुनै जातीय–धार्मिक सङ्घर्ष भएको इतिहास छैन र यहा“को समाज सहिष्णुतावादी समाजका रूपमा विद्यमान छ । यो सहिष्णुतालाई कायम राखिरहने वातावरणको निर्माणमा निरन्तरता दिइरहनु नै यसको चुनौती हो ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
37

Magar, Keshab T. „E-extension in Nepal: brief overview in Nepalese agriculture (Nepali)“. WikiJournal of Science 3, Nr. 1 (2020): 6/ne. http://dx.doi.org/10.15347/wjs/2020.006/ne.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
38

Mishra, Vijaya Prasad. „Historical Analysis of the Term Terai Madhesh तराई मधेस शब्दको ऐतिहासिक विश्लेषण“. Historical Journal 13, Nr. 1 (04.07.2022): 57–64. http://dx.doi.org/10.3126/hj.v13i1.46225.

Der volle Inhalt der Quelle
Annotation:
नेपालको चुरे श्रृंखलाको दक्षिण भागमा रहेको समथर भू–भागलाई मधेस वा तराई भनिन्छ । मधेस वा तराई शब्दमध्ये कुन उपयुक्त हो भन्ने विषयमा मानिस पिच्छे फरक फरक धारणा पाइन्छ । नेपाली बृहत शब्दकोशमा तराईको अर्थ पहाडमुनिको फराकिलो समतल भूभाग, मधेस भनिएको छ । त्यसैगरी सोही शब्दकोशमा मधेस भन्नाले मध्यदेश भनेर पहिलो बुँदामा ‘अग्लो होचो र डाँडाकाँडा नभएको एक्दम समथर भूमि, तराई, मधेश’ र दोस्रो बुँदामा ‘हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टी पर्ने समथर भूभागको पुरानो नाउँ, मध्यप्रदेश ।’ नेपाली संक्षिप्त शव्दकोशमा हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतदेखि उत्तर कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश भनिएको छ । नेपाली शब्द सागर (सोपपत्तिक कोश) मा तराई भन्नाले पहाडभन्दा तल पर्ने समथर भूभाग, मैदानी फेदी भाग भनी उल्लेख गरिएको छ । मधेस शब्द मधेस आन्दोलनले स्थापित गरेको शब्द हो । राजनीतिक पार्टीहरूले मधेस सवाललाई उठाउने सन्दर्भमा मधेस शब्दको प्रचुर मात्रामा प्रयोग गरेका थिए र यो शब्द अहिले सरकारीरूपमा प्रयोग हुन थालेको छ । मधेस शब्द भनेको भुगोल पनि हो संस्कृति पनि हो । एडभान्स लर्नर डिस्नरी अनुसार तराई भनेको प्लेन ल्याण्ड हो । तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ । ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेस गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ । बृटिशहरू मधेस बुझ्दैनथे । तर तराई बुझ्दथे । नेपाल सरकारसंग गरेको संझौतामा उनीहरूले ‘तराई’ शब्द नै राखेका छन् ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
39

न्यौपाने Neupane, दीपकप्रसाद Dipakprasad. „भाषिक परिवर्तन र नेपाली भाषा Bhashik Paribartan ra Nepali Bhasha“. Dristikon: A Multidisciplinary Journal 10, Nr. 1 (31.12.2020): 287–300. http://dx.doi.org/10.3126/dristikon.v10i1.34581.

Der volle Inhalt der Quelle
Annotation:
भाषिक परिवर्तन र नेपाली भाषा शीर्षकको यस लेखमा ऐतिहासिक विकासका सन्दर्भमा नेपाली भाषामा देखापरेकापरिवर्तित विशेषताहरूको विश्लेषण गरिएको छ । भाषा परिवर्तनशील वस्तु हो । समयक्रममा भाषाका विविधपक्षमा नयाँनयाँ प्रवृत्तिहरू देखा पर्दछन् । यस लेखमा नेपाली भाषामा यस किसिमका परिवर्तनशील विशेषताहरूकेकस्ता छन् भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएकोछ । यस अध्ययनमा भाषिक परिवर्तनसँग सम्बन्धित विद्वान् लेखकहरूका ग्रन्थहरू, अनुसन्धानमूलक लेखहरूकासाथै जनबोलीसँग सम्बन्धित तथ्यहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारासामग्रीको विश्लेषण गरिएको यस अध्ययनमा भाषा विकासका सन्दर्भमा नेपाली भाषाका ध्वनि व्यवस्थादेखि लिएरअर्थसम्मका तहमा भएका परिवर्तनको अवस्थालाई विश्लेषण गरिएको छ । यसैगरी यस लेखमा नेपाली इतर अन्यभाषाहरूको प्रभावका साथै स्वयम् नेपाली भाषाकै भाषिकाहरूका प्रभावका कारण नेपाली भाषाका ध्वनि, व्याकरणतथा अर्थका तहसम्म भाषिक परिवर्तन भएको सारवस्तुलाई प्रस्तुत गरिएको छ । नेपालका अन्य भाषाका तुलनामानेपाली भाषा बढी समृद्ध र गतिशील भए पनि आधुनिकीकरणका सन्दर्भमा सरलीकरण तथा कथ्यीकरणतर्फगतिशील हुन यो भाषा परिवर्तित संरचनासहित अगाडि बढिरहेको तथ्यलाई यस अध्ययनमा प्रस्तुत गरिएको छ ।परिवर्तित हुँदै अगाडि बढ्ने सन्दर्भमा यसमा सकारात्मक तथा नकारात्मक दुवै किसिमको अवस्था देखिएको हुँदानेपाली भाषाको विकासमा भाषाविद् तथा वाङ्मयका क्षेत्रमा काम गर्नेहरूले सचेत हुनुपर्ने निष्कर्षलाई यसअध्ययनमा प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
40

पौडेल, गोविन्द. „लृवर्णको आवश्यकता र औचित्य {Necessity and justification of saliva}“. NUTA Journal 8, Nr. 1-2 (31.12.2021): 147–56. http://dx.doi.org/10.3126/nutaj.v8i1-2.44117.

Der volle Inhalt der Quelle
Annotation:
वर्णहरूको उत्पत्ति र विकासको आ–आफ्नै परम्परागत इतिहास रहेको पाइन्छ । वर्णहरू लामो समयसम्मको साधना र अन्वेषणपश्चात् निर्धारण गरिएका हुन्छन् । प्राचीन लेख्य देवनागरी लिपिमा रहेका १६ वटा स्वरवर्णहरूमध्ये हाल नेपालीमा १३ वटा मात्र स्वरवर्णहरू पाइन्छन् । नेपाली वर्णमालामा लृ र लú यी दुवै वर्णहरू कतै उल्लेख गरेको पाइँदैन । प्रस्तुत लेखमा यही ह्रस्व लृ र दीर्घ लú वर्णहरूको आवश्यकता छ या छैन? किन आज पढिंदैनन्? नेपाली भाषामा यिनको अस्तित्व छ या छैन ? यद्यपि नेपाली भाषालाई सरल, बोधगम्य र रुचिकर बनाउन भनेर जटिल उच्चारण प्रक्रिया मानिएका वर्णहरू हटाइएको आजका भाषाविशेषज्ञहरूको तर्क छ । यसको वैज्ञानिकता, आवश्यकता वा औचित्य अन्वेषणको गर्भमै छ । प्रस्तुत लेखमा लृवर्णलाई अध्ययन गर्ने क्रममा संस्कृतका प्राचीन वैयाकरणहरू पाणिनि, कात्यायन, पतञ्जति, सर्ववर्मा, शाकटायन, चन्द्रगोमी, देवनन्दीका मतमा लृवर्णको चर्चा गरिएको छ । साथै ऋक्प्रातिशाख्य, तैत्तरीयप्रातिशाख्य, अग्निपुराण, पाणिनीयशिक्षा, याज्ञवल्क्यशिक्षा, व्यासशिक्षा, आपिशलिशिक्षा, शिक्षापञ्जिका, हैमव्याकरणम् लगायतका विभिन्न ग्रन्थहरूमा प्रयोग भएका लृवर्णको विशेष परिचर्चा प्रस्तुत लेखमा गरिएको छ । साथै नेपाली भाषाका नेपाली शब्दसागर, संकृत—नेपाली बृहत् शब्दकोश, नेपाली बृहत् शब्दकोश लगायतका कोशीयग्रन्थहरूका आधारमा समेत लृवर्णको अध्ययन गरी यसको आवश्यकता, औचित्य तथा प्रयोजनका सन्दर्भमा निष्कर्ष प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
41

खनिया Khaniya, बुद्धराज Buddharaj. „स्नातक र स्नातकोत्तर तहका नेपाली भाषा शिक्षण सम्बद्ध पाठ्य विषयहरूको छनोट र स्तरण {Selection and grading of Nepali language teaching related subjects at undergraduate and postgraduate levels}“. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 45, Nr. 25 (20.11.2023): 159–78. http://dx.doi.org/10.3126/bns.v45i25.59978.

Der volle Inhalt der Quelle
Annotation:
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले निर्माण गरी लागु गरेको वार्षिक प्रणालीमा आधारित चार बर्से स्नातक तह र सत्र प्रणालीमा आधारित स्नातकोत्तर तहका नेपाली भाषा शिक्षणका पाठ्यांशमा समाविष्ट पाठ्य विषयहरूको छनोट र स्तरणका दृष्टिकोणबाट अध्ययन गर्ने उद्देश्य राखेर तयार पारिएको यो आलेखगुणात्मक अनुसन्धानको पुस्तकालयीय कार्यमा आधारित छ । यसमा उक्त तहका नेपाली शिक्षाका पाठ्यांशमध्येबाट नेपाली भाषा शिक्षणका पाठ्यांश छनोट गरी सोही पाठ्यांशबाट तथ्यहरू सङ्कलन गरेर गुणात्मक अध्ययनको ढांचा ढाचाअनुसार वर्णनात्मक एवम् तालिकीकरण गरी विश्लेषण गरिएको छ । प्रस्तुत व्याख्या विश्लेषणबाट नेपाली भाषा शिक्षणका केही पाठ्य विषयहरूको छनोट र स्तरणमा शैक्षणिक आधार देखिन्छ भने केही पाठ्य विषयहरूको छनोट र स्तरणमा शैक्षणिक आधार खण्डित भएको पाइन्छ । प्राथमिकताका आधारमा स्नातकोत्तर तहका शास्त्रीय भाषाको सापेक्षतामा नेपाली शिक्षण, नेपाली शिक्षणको परम्पराजस्ता पाठ्यविषयहरू हटाएर नेपालको बहुभाषिक परिवेशअनुसार दोस्रो भाषा सिकाइ, द्विभाषिक तथा बहुभाषिक शिक्षाका पाठ्य विषयहरू सविस्तार समावेश गर्नु आवश्यक छ । त्यसैगरी पाठ्य विषयको प्रकृतिअनुसार कक्षाव्यवस्था र निराकरणात्मक शिक्षणजस्ता पाठ्य विषयका एकाइलाई पुनर्सङ्गठित गर्नुपर्ने हुन्छ । साथै शैक्षणिक दृष्टिले दुबै तहका पाठ्यांशमा अन्तिम एकाइमा राखिएका ŗअध्यापन योजनालाई प्रारम्भिक एकाइमा स्तरण गर्नु अझ उपयुक्त हुन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
42

शेर्पा Sherpa, दावा Dawa. „दोस्रो भाषाका रूपमा नेपाली शिक्षण {Teaching Nepali as a Second Language}“. Sotang, Yearly Peer Reviewed Journal 1, Nr. 1 (01.08.2019): 26–31. http://dx.doi.org/10.3126/sotang.v1i1.45837.

Der volle Inhalt der Quelle
Annotation:
मातृभाषापछि बालकले सिकेको जुनसुकै भाषा भएता पनि त्यो दोस्रो भाषा हो । पहिलो भाषा स्वतः प्राप्त हुन्छभने दोस्रो भाषा सिकिन्छ । नेपालमा दोस्रो भाषाका रूपमा नेपाली मातृभाषी बाहेकका अन्य सम्पूर्ण १२२भाषाभाषी बालकहरूले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्नुपर्ने अवस्था रहेको छ । नेपाली भाषासरकारी कामकाजको भाषा र शिक्षाको माध्यम भाषा भएकोले यो सबै नेपालीले अनिवार्य रूपमा सिक्नुपर्दछ । दोस्रो भाषा शिक्षणमा नेपाली शुद्धसँग लेख्न र बोल्नका लागि सुनाइ, बोलाइ, पढाइ र लेखाइमा सक्षमबनाउनु हो । दोस्रो भाषा शिक्षण त्रुटिरहति र स्तरीय नेपाली भाषाका दृष्टिले हुने उच्चारण, वाक्यगठन,शब्दभण्डार, लिखित रचना र वर्णविन्यास आदिमा हुने विभिन्न त्रुटिहरू पहिचान गरी शिक्षार्थीमा भएकोपहिलो मातृभाषाको प्रभाव र बानीले गर्दा दोस्रो भाषामा हुने त्रुटि हटाउन शिक्षकले पहल गर्नुपर्छ । दोस्रो भाषाशिक्षणमा निम्नानुसारका शिक्षण विधिहरू अपनाई नेपाली भाषा शिक्षण गर्न सकिन्छ । जसमा साहित्यिकपाठ्यक्रम विधि, व्याकरण अनुवाद विधि, श्रवणभाषा शिक्षण विधि, पत्यक्ष विधि, भाषाशास्त्रीय विधि,भाषिक अनुभव पद्धति र वैयक्तिक प्रशिक्षण पद्धतिका आधारमा दोस्रो भाषा शिक्षण गरी पहिलो मातृभाषामादक्षता बनाउन नेपाली भाषा शिक्षण गर्नु नै दोस्रो भाषा शिक्षण हो । {After the mother tongue, whatever language the child learns, it is a second language. The first language is obtained automatically and the second language is learned. As a second language in Nepal, all 122 language children except Nepali mother tongue have to learn Nepali as a second language. As Nepali is the official language and medium of instruction, all Nepalis must learn it. The second language teaching is to enable listening, speaking, reading and writing to write and speak Nepali fluently. The teacher should take initiative to eliminate the errors in the second language due to the influence and habit of the first mother tongue in the learner by identifying the errors in the pronunciation, syntax, vocabulary, written composition and spelling etc. of the second language teaching error and standard Nepali language. In the second language teaching, Nepali language can be taught by adopting the following teaching methods. Including literary curriculum method, grammar translation method, auditory language teaching method, direct method, linguistic method, linguistic experience method and individual Teaching Nepali language to make the first mother tongue proficient by teaching second language on the basis of training method is second language teaching.}
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
43

बम Bam, सुरेन्द्र Surendra कुमार Kumar. „सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति Sudurpaschim Pradeshko Bhashik Sthiti“. Tribhuvan University Journal 33, Nr. 1 (30.06.2019): 251–68. http://dx.doi.org/10.3126/tuj.v33i1.28698.

Der volle Inhalt der Quelle
Annotation:
सुदूरपश्चिम प्रदेशकोको भाषिक स्थितिमा केन्द्रित यस लेखको मुख्य उद्दश्ेय सुदूरपश्चिम प्रदेशको भाषिक अवस्था पहिचान गर्नु रहेको छ । प्रादेशिक संरचना नेपालको नयाँ व्यवस्था भएकाले प्रदेशगत रूपमा भाषिक तथ्याङ्क पर्याप्त रूपमा उपलब्ध छैन । प्रस्तुत लेखमा शीर्षकसँग सम्बन्धित सैद्धान्तिक सामग्रीको अध्ययन गरी प्राप्त तथ्यको मिश्रित ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । २०६८ सालको जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा बोलिने ८३ ओटा भाषा मध्ये नेपालीका अतिरिक्त एक दर्जन भाषाको मूल उत्पत्ति र प्रमुख प्रयोग क्षेत्र यसै प्रदेशमा भएका रैथाने भाषा रहेको पाइएको छ । वक्ता सङ्ख्याका आधारमा डोटेली सबैभन्दा ठूलो भाषा रहेको यस प्रदेशमा नेपाली दोस्रो, थारु तेस्रो, बैतडेली चौथो र अछामी पाँचौं स्थानमा रहेका छन् । नेपालमा बोलिने चारै परिवारका भाषा बोलिने यस प्रदेशमा ९८ प्रतिशतभन्दा बढीले भारोपेली परिवारका भाषा बोल्ने गरेको पाइन्छ । अधिकांश भाषा कथ्य रूपमा रहेको यस प्रदेशमा नेपालीका अतिरिक्त डोटेली र थारु भाषाको मात्र अलि बढी लेख्य परम्परा रहेको छ भने अरु केही भाषाको लेख्य परम्परा भर्खर सुरु भएको पाइन्छ । परम्परागत ज्ञानको खानी र इतिहासको धरोहरका रूपमा रहेका प्रदेशका समग्र भाषाहरूको संरक्षण, सम्बर्धन र विकासका लागि सम्बन्धित सबैको ध्यान जानु आवश्यक देखिन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
44

तिमिल्सिना Timilsina, यमनाथ Yam Nath. „खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन {Linguistic Study of Niskar Archival of Khash Regime}“. Prajna प्रज्ञा 123, Nr. 1 (31.12.2022): 13–26. http://dx.doi.org/10.3126/prajna.v123i1.62601.

Der volle Inhalt der Quelle
Annotation:
‘खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन’ शीर्षकको यो आलेख भाषिक कोणबाट अघि बढाइएको छ । खसहरूको नेपाल आगमन, खस साम्राज्यको स्थापना, शासकहरूले भूमिदान गर्दा कर मिनाहा गरेको प्रसङ्गका साथै ‘छत्तीसी–बत्तीसी’ करहरूको खोजी गर्दै प्रत्येक करलाई नेपाली पाठकसामु चिनाउने कार्यमा यो आलेख केन्द्रित रहेको छ । पुस्तकालयबाट आवश्यक द्वितीयक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको उपयोग गर्दै नेपाली भाषा र भाषिकाका विज्ञसँग प्राचीन भाषका बारेमा छलफल गरेर आलेखलाई पूर्णता दिइएको हो । नागराजसहित खस जातिका मानिसहरू तिब्बतको खारी प्रदेश वा मानसरोवर क्षेत्रबाट पश्चिम नेपालको सिंजा उपत्यकामा आई बसोवास गरेका र तिनै नागराजले सिंजालाई केन्द्र बनाई वरपरका राज्य कब्जा गरेर खस साम्राज्यको स्थापना गरेको प्रसङ्गलाई देखाइएको छ । जनसाधारणले बोल्ने खस भाषालाई खस शासकहरूले राजकीय मान्यता दिएर अभिलेखमा सामेल गरेको उल्लेख गर्दै खस साम्राज्यका मातहतमा विभिन्न भौगोलिक तथा प्रशासनिक विभेद रहेको तथ्य प्रस्तुत गरिएको छ । भुरेटाकुरे राज्यका रजौटादेखि सामन्त तथा महासामन्तहरूले प्रजा वर्गलाई कृषि पद्धतिमा आधारित विभिन्न कर उइडो, कुडिदाम, गडाली, घुराली, मोड, रुवो, रोपाइरो आदि) लगाई राज्यभोग गरेको यथार्थलाई यहाँ समेटिएको छ । अध्ययनको मूल सामग्री राजनीतिको ऐतिहासिक, भाषिक तथा समाजशास्त्रीय हुँदाहुँदै पनि यो आलेख अन्य कोणबाट अध्ययन नगरी भाषिक अध्ययनमा केन्द्रित गरिएको छ । खस साम्राज्यका शासकले ब्राह्मबिर्ता, कुशबिर्ता आदि प्रदान गर्दा चार किल्ला तोकी उक्त भूमिमा कुनै कर नलाग्ने भनी निष्कर अभिलेखनमा समावेश गरेका करहरूलाई एकत्रित गरी नेपाली वर्णानुक्रममा राखेर उक्त करहरूलाई भाषिक कोणबाट अनुशीलन गरी अध्ययनको उपलब्धि तथा निष्कर्ष दिइएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
45

पहाडी Pahadi, ढुण्डिराज Dhundiraj. „व्याकरणको व्यावहारिक शिक्षणमा पाठ्यरचनाको प्रयोग“. Patan Pragya 12, Nr. 01 (31.12.2023): 157–65. http://dx.doi.org/10.3126/pragya.v12i01.61646.

Der volle Inhalt der Quelle
Annotation:
व्याकरण भनेको भाषाको नियम हो । भाषाका वर्ण, रूप, पद, पदावली, वाक्य आदिमा अन्तर्निहित व्यवस्थालाई व्याकरण भनिन्छ । विश्वका विभिन्न देशमा विकसित सबै भाषा व्यवस्थित हुने भएकाले ती भाषामा आफ्ना मौलिक व्याकरण पाइन्छन् । नेपाली भाषाको पनि आफ्नै मौलिक र विशिष्ट व्यवस्था छ । नेपाली भाषाको यो विशिष्ट व्यवस्थाको अध्ययन प्रयोगबाट गरिन्छ । नेपाली भाषाको प्रयोगका विविध क्षेत्र छन् । तीमध्ये पठनपाठनका क्षेत्रमा प्रयोग हुने नेपाली भाषाको व्याकरण शिक्षणलाई रचनामुखी, प्रयोगमुखी र व्यावहारिक कसरी बनाउन सकिन्छ भन्ने विमर्शमा प्रस्तुत लेख केन्द्रित छ । त्रिभुवन विश्वविद्यालयको चारबर्से स्नातक तहमा पढाइ हुने अनिवार्य नेपालीको पाठ्यक्रमले त्यस तहमा निर्धारण गरेको नेपाली साहित्यिक रचनाका माध्यमबाट गरिने व्याकरण शिक्षणको प्रभावकारिताको विश्लेषणका निम्ति कविता, कथा, निबन्ध र नाटकमध्ये कथा र निबन्धलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरी विवेच्य लेखको विश्लेषण गरिएको छ । स्नातक तहको उक्त पाठ्यक्रमले भाषिक सिपको अभिवृद्धिका निम्ति व्याकरणको पाठ्यविषय राखेको हो । व्याकरणको सिद्धान्त पढाई नेपाली भाषाको व्यवस्थासँग विद्यार्थीलाई परिचित गराउन खोज्ने परम्परित र निगमनात्मक व्याकरण शिक्षण पद्धतिभन्दा विद्यार्थीले सम्बन्धित तहमै अध्ययन गर्नु पर्ने साहित्यिक रचनालाई व्याकरण शिक्षणका निम्ति सामग्री बनाई अध्यापन गरिने प्रयोगात्मक व्याकरण शिक्षण पद्धति वस्तुगत, व्यावहारिक र प्रभावकारी हुन्छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
46

Khaniya, Budda Raj. „गुरुङ – नेपाली शैक्षणिक शब्दकोश Gurung-Nepali Shaishyanik Shabdakosh“. Curriculum Development Journal 29, Nr. 43 (30.11.2021): 235–47. http://dx.doi.org/10.3126/cdj.v29i43.41056.

Der volle Inhalt der Quelle
Annotation:
गुरुङ – नेपाली शैक्षणिक शब्दकोशको नमुना प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको यो लेख लमजुङ र कास्की जिल्लामा प्रयोग गरिने गुरुङ भाषामा आधारित छ । यसमा प्राथमिक र द्वितीयक दुबै स्रोतबाट तथ्यहरू सङ्कलन गरिएको थियो । प्राथमिक तथ्य सङ्कलनका लागि लमजुङ र कास्की जिल्लाबाट १५–१५ जनाका दरले जम्मा ३० जना गुरुङ मातृभाषी वक्ताहरू उद्देश्यमूलक तरिकाबाट छनोट गरियो । निर्धारित गुरुङ मातृभाषी सूचकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर तयार गरिएका विभिन्न विषय क्षेत्रसँग सम्बन्धित नेपाली भाषाका आधारभूत शब्दसूची अनुवाद गर्न लगाई प्राथमिक तथ्यहरू सङ्कलन गरियो भने गुरुङ भाषामा प्रकाशित पाठ्य सामग्री, कोश, व्याकरण जस्ता सामग्रीका आधारमा द्वितीयक तथ्यहरू सङ्कलन गरियो । यसरी सङ्कलन गरिएका तथ्यहरूलाई कोश सम्पादनको सैद्धान्तिक आधारमा गुरुङ–नेपाली शैक्षणिक कोशको नमुना प्रस्तुत गरिएको छ । यस लेखमा १९० गुरुङ भाषाका आधारभूत शब्दहरूका आधारमा गुरुङ – नेपाली शैक्षणिक शब्दकोशको नमुना दिइएको छ । यसमा गुरुङ भाषामा प्रविष्टि दिएर तिनको शब्द वर्गीय सूचना, नेपालीमा समानार्थी एवम् गुरुङ र नेपाली भषामा प्रयोग समेत दिइएको छ । कोशको नमुना देवनागरी लिपिमा प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
47

Parajuli, Jagat Prasad. „ऐतिहासिक जनआन्दोलन २०४६ : बहुदलीय व्यवस्थाको पुनस्र्थापना“. Historical Journal 14, Nr. 2 (04.10.2023): 118–30. http://dx.doi.org/10.3126/hj.v14i2.59070.

Der volle Inhalt der Quelle
Annotation:
‘स्वतन्त्रता’ मानवीय जीवन पद्धतिको लागि अनिवार्य शर्त हो र यसको प्राप्ति मानिस मात्रको नैसर्गिक अधिकार पनि हो । त्यसैले संसारका अधिकांश देशका मानिसहरूले स्वतन्त्रता प्राप्तिका लागि ठूला—ठूला संघर्ष गरेका छन् । युगान्तकारी घटनाहरू घटाएका छन् । यस्ता घटनाहरूले धेरै मुलुकहरूमा प्रजातान्त्रिक व्यवस्था स्थापना गराएर स्वतन्त्रताको प्रत्याभूति दिएका छन् । ‘स्वतन्त्रता’ प्रजातान्त्रिक परिपाटीमा मात्र अंकुराउँछ, फस्टाउँछ र सुरक्षित हुन्छ । नेपालमा पनि प्रजातन्त्र स्थापनाका निमित्त महत्वपूर्ण आन्दोलनहरू भएका छन् । नेपाली जनताले आप्mनो अधिकार र मर्यादित जीवनका लागि गरेका त्यागपूर्ण संघर्षहरूमा २००७ सालको क्रान्ति तथा २०४६ सालको जनआन्दोलन विशेष गरी उल्लेखनीय छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास जनता पक्षको इतिहास हो । यो इतिहासको रचना नेपाली जनताले रगत र पसिना बगाएर निर्माण गरेका हुन्। त्याग, तपस्या र बलिदानको यस संघर्षशील इतिहासले प्रजातन्त्रको रक्षार्थ भावि दिनमा जनता र उनका नेपाली सन्ततिलाई प्रेरणा दिइरहने छ ।पुनस्र्थापित प्रजातन्त्र २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलनको मात्र परिणाम होइन । यस्तो ऐतिहासिक र युगान्तकारी घटनाको पछाडि एउटा लामो यात्रा अथकित पराक्रम रहेको छ जसको ऐतिहासिक घटना क्रम र तत्कालीन समयको यथार्थपूर्ण विवरणलाई पहिल्याउन सकियो भने लामो फेहरिस्त पाउन सकिन्छ । जनआन्दोलन २०४६ सालको मुहान पहिल्याउँदै जाँदा राणाकालीन रैती दुनियाँहरूको अवस्थासम्म पुग्नु पर्ने हुन्छ । राणाकालदेखि नै सामान्य, अज्ञात जस्तै बनेर अनगिन्ती व्यक्तिहरूले ऊर्जा दिएर जोगाएको आन्दोलनरूपी दीपशीखा २०४६ सालमा जनआन्दोलनको ज्वाला बनेर सल्कँदै प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भएको हो ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
48

काफ्ले Kafle, डोलराज Dolraj. „नेपालमा छुवाछूत प्रथाको ऐतिहासिक विकास Nepalma Chuwachhut Prathako Aaitihasik Bikas“. Tribhuvan University Journal 28, Nr. 1-2 (02.12.2013): 333–40. http://dx.doi.org/10.3126/tuj.v28i1-2.26263.

Der volle Inhalt der Quelle
Annotation:
भारतीय हिन्दू समाजमा ऋग्वेदकालतिर स्थापना गरिएको वर्णव्यवस्थाका आधारमाजातिव्यवस्था विकसित भएको थियो । त्यही जातिव्यवस्थाका आधारमा विकसित भएकोछुवाछूत प्रथा अहिलेसम्म पनि नेपाली समाजमा विद्यमान रहँदै आएको छ । वर्णव्यवस्था रत्यसभित्रको छुवाछूत प्रथा नेपालमा लिच्छविकालतिर भित्रिएर मल्ल, शाह, राणा रपञ्चायतकाल हुँदै अगाडि बढ्दै आएको थियो । नेपाली समाजमा अहिले पनि यो प्रथासघन रूपमा कायमै छ । यसका विषयमा लिखित रूपमा जानकारी दिने पर्याप्त स्रोत रसामग्रीहरूको पनि अभाव रहँदै आएको छ । केही मात्रामा प्राप्त स्वदेशी र विदेशीलेखकहरूका पुस्तक तथा लेख–रचनाहरूको अध्ययन गरी वर्णनात्मक र विश्लेषणात्मकआधारमा यो लेख तयार पारिएको छ । नेपालमा विद्यमान छुवाछूत प्रथाको अन्त्यका लागिचालिएका कदममा प्रशस्त धन र समयको खर्च हुँदै आएको पाइन्छ । यस्तो हुँदा पनिअपेक्षित प्रतिफल भने प्राप्त हुनसकेको छैन । यस्तो अवस्थामा नेपाली समाजलाईविभिन्न विधिबाट सुसूचित तुल्याएर छुवाछूत जस्तो सामाजिक कलङ्कको रूपमा रहेकोयस प्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेकोदेखिन्छ । यस प्रथाको अन्त्यका लागि एउटा सशक्त सामाजिक क्रान्तिको आवश्यकताखड्किदै आएको छ । यस लेखले पनि नेपालमा छुवाछूत प्रथा कहिले कसरी भित्रियो रविकसित हुँदै आएको छ भन्ने कुराको ऐतिहासिक सन्दर्भलाई खोजमूलक ढङ्गलेप्रस्ट्याउने प्रयत्न गरेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
49

Singh, Vishal. „India-Nepal relations after independence (1947-2000): General Analysis“. RESEARCH REVIEW International Journal of Multidisciplinary 9, Nr. 3 (15.03.2024): 244–49. http://dx.doi.org/10.31305/rrijm.2024.v09.n03.026.

Der volle Inhalt der Quelle
Annotation:
After India's independence, a new era began in India-Nepal relations. The Nepalese administration was well aware of the fact that Indian cooperation in the political, social, cultural and economic fields is essential for Nepal's independent existence and its economic progress. He was also realizing that many Nepalese leaders had helped the Indian leaders a lot by taking active part in the Indian independence movement to end the British rule and in this context, with the help of the Indian national leaders, the Nepali National Movement was being formed in India itself. Congress was born. Abstract in Hindi Language: भारत की स्वतन्त्रता के पश्चात भारत-नेपाल सम्बन्धों में एक नये युग का आरम्भ हुआ। नेपाली प्रशासन इस तथ्य से भलीभांति परिचित था कि नेपाल के स्वतन्त्र अस्तित्व और उसकी आर्थिक प्रगति के लिए राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्र में भारतीय सहयोग अत्यन्त आवश्यक है। उन्हें यह भी आभास हो रहा था कि भारतीय स्वतन्त्रता आन्दोलन में ब्रिटिश सत्ता को समाप्त करने के लिए अनेक नेपाली नेताओं ने सक्रिय भाग लेकर भारत के नेताओं की काफी मदद की थी और इसी परिप्रेक्ष्य में भारत के राष्ट्रीय नेताओं की सहायता से भारत में ही नेपाली राष्ट्रीय कांग्रेस का जन्म हुआ था। Keywords: भारत, नेपाल, पारगमन, रणनीतिक, संबंध।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
50

ढकाल Dhakal, लिलाबल्लभ Lilaballav. „नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav“. NUTA Journal 6, Nr. 1-2 (24.03.2019): 172–76. http://dx.doi.org/10.3126/nutaj.v6i1-2.23266.

Der volle Inhalt der Quelle
Annotation:
विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मानवजाति विचको अन्तरसम्बन्धलाई बढावा दिन्छ । यसले संसारका उद्यमीहरु विच प्रतिश्पर्धा तथा उदारीकरण र निजीकरणलाइ जोड दिदै विश्वका मुलुक तथा जनताहरुबिच एकिकृत तथा अन्तरआश्रित अर्थतन्त्रको निर्माणमा ध्यान दिन्छ । विश्वव्यापिकरणले पूँजी, प्रबिधि, श्रम तथा उत्पादनका अन्य साधनहरुको विश्वव्यापिरुपमा स्वतन्त्र आबागमनमा जोड दिने भएकोले एउटा अन्तरनिर्भर विश्वअर्थतन्त्र निर्माणमा कोषेढुङ्गाको काम गर्दछ । विश्वका बिभिन्न मुलुकहरुले निर्माण गरेका व्यापारिक अबरोधहरुको अन्त्य वा न्यूनीकरण गरी वस्तु तथा सेवाहरुको अन्तराष्ट्रिय बजारको निर्माण गर्दछ । नेपालले आफ्ना श्रमिकहरुलाइ अन्तराष्ट्रियश्रमबजारमा आपूर्ति गर्न सफल हुनुको मुख्यकारण पनि विश्वव्यापिकरणकै परिणाम हो । देशबाट ठूलो संख्यामाश्रमशक्ति विदेशी मुलुकहरुमा पुगी श्रम गरी खर्बौंको बिप्रेषण नेपाल भित्रिएको छ । यसबाट नेपालमा गरिबी न्यूनीकरण भइ नेपालीहरुको आर्थिक स्तर बढाउने काम भएको छ । नेपाली उत्पादनले विदेशी बजार पाएको छ । पूँजी एवम् प्रबिधि भित्रीएको छ । नयाँ बिचार, पद्धति, संस्कृति एवम् सभ्यताको विनिमय भएको छ । तर यी फाइदाहरुको बाबजुत विश्वव्यापिकरणले नेपाललाई वैदेिशक बस्तुहरुको बजारमा रुपान्तरित गरेको छ । आन्तरिक उद्योगधन्दा विस्थापित भएका छन् । अन्तरनिर्भरता भन्दा पनि परनिर्भरता बढेर गएको अवस्था छ । व्यापार घाटा चुलिएर गएको छ । बिप्रेषणमा आधारित अर्थतन्त्र निर्माण हुन पुगेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
Wir bieten Rabatte auf alle Premium-Pläne für Autoren, deren Werke in thematische Literatursammlungen aufgenommen wurden. Kontaktieren Sie uns, um einen einzigartigen Promo-Code zu erhalten!

Zur Bibliographie